नयाँ डिजाइन ल्याङग्वेजमा आधारित एसयूभी सार्वजनिक गर्ने स्कोडाको तयारी
स्कोडा अटोले नयाँ डिजाइन ल्याङ्ग्वेजमा आधारित एसयूभी मोडर्न सोलिड लन्च...
स्कोडाले भारतमा २० वर्ष पुरा गरेको छ । स्कोडासँग हाल यसको लाइन–अपमा चारवटा गाडीहरू छन्, जसमा २ वटा सेडान र २ वटा एसयूभी छन् । सन् २०१९ मा कम्पनीमा ठूलो परिवर्तन भएको थियो र यसको आधारशिला इन्डिया २.० प्रोजेक्ट राखिएको थियो । जसअन्तर्गत पहिलो एसयूभी कुशाक लन्च गरिएको थियो ।
यद्यपि कुशाक एक सुरुवात थियो र हाल स्कोडा स्लाभिया प्रिमियम सेडान कार तयार छ । स्कोडाको प्रिमियम सेडान भारतमा ९५ प्रतिशत लोकलाइजेशनको साथ भारतमा निर्माण भइरहेको छ, र यो मार्चमा लन्च हुने अपेक्षा गरिएको छ । स्लाभिया प्रिमियम सेडान कार होन्डा सिटी, मारुती सुजुकी सियाज र हुन्डाई भर्नासँग प्रतिस्पर्धा गर्नेछ ।
सो नयाँ सेडान एमक्युबी एओ इन प्लेटफर्ममा निर्माण गरिएको हो । सोही प्लेटफर्ममा कुशाक पनि निर्माण गरिएको थियो । स्कोडा स्लाभिया एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ वटा भेरिएन्टमा उपलब्ध हुनेछ । नयाँ सेडानको लम्बाई, चौडाई र ह्विलबेस होन्डा सिटी, मारुती सुजुकी सियाज र हुन्डाई भर्ना जस्ता प्रतिद्वन्द्वी गाडीहरू भन्दा बढी हुनेछ । सो कारमा ठुलो क्याबिन स्पेस उपलब्ध हुनेछ र परिवारसँग यात्राको लागि अझ सहज बनाउन सक्नेछ ।
नयाँ स्लाभियामा आकर्षक हेडलाइट, टेल लाइट, बम्पर, ड्यासबोर्ड डिजाइन, १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र टु–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । यस सेगमेन्टमा उत्कृष्ट फिचर दिइएको छ, जसमा ३ फरक थिमसहितको नयाँ ८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल समावेश गरिएको छ । सिटहरू अत्यन्त सहज र ठाउँको हिसाबले सेगमेन्टमा उत्कृष्ट छन् । सेफ्टीको लागि ६ एयरब्याग, ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल र टायर प्रेसर मनिटर दिइएको छ ।
स्कोडा स्लाभियामा १.० लिटर, ३ सिलिन्डर टीएसआई इन्जिन प्रयोग गरिएको छ, जसले ११० एचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । दोस्रो इन्जिन १.५ लिटर, ४ सिलिन्डर टीएसआई समावेश गरिएको छ, जसले १५० एचपीको पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यी दुवै इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स प्रयोग गरिएको छ र ६ स्पिड टर्क कन्भर्टर र सेभेन स्पिड डीएसजी अटोमेटिक गियरबक्स दिइएको छ ।
लन्च पश्चात यसले नयाँ मानक तयार गर्ने र बजारमा एक गेम चेन्जर बन्ने अपेक्षा गरिएको छ ।
स्कोडा अटोले नयाँ डिजाइन ल्याङ्ग्वेजमा आधारित एसयूभी मोडर्न सोलिड लन्च...
स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध...
स्कोडा अटो इन्डियाले भारतीय बजारको लागि नयाँ सब–४ मिटर एसयूभीका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...