अब स्कोडा कारको नाम हुनेछ कोनार्क, क्लिक, कार्मिक, कस्मिक र कुशाक

स्कोडा अटो इन्डियाले भारतमा सन् २०२१ मा नयाँ कार सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले हालै कमर्स र इन्डस्ट्री मन्त्रालयको पेन्टेट डिजाइन र ट्रेडमार्क पोर्टलमा ५ नयाँ नाम रजिस्टर गरेको छ । रजिस्टर भएको नाममा कोनार्क, क्लिक, कार्मिक, कस्मिक र कुशाक रहेको छ ।

स्कोडाको नामाकरण रणनीति अनुसार कम्पनीले आफ्नो कारको नाम ‘के’ अल्फाबेटबाट शुरु गरेको छ भने ‘क्यु’ अल्फाबेटमा समाप्त गरिएको छ । उदाहरणको लागि स्कोडा कोडियाक, कारोक र कामिक आदि । कम्पनीले प्रोडक्सन स्पेक भिजन इनको लागि नयाँ रजिस्टर गरेको नाम मध्ये कुनै एक प्रयोग गरिनेछ ।

रिपोर्ट अनुसार भिजन इन बेस्ड एसयूभी भारतमा २०२१ मा लन्च गर्ने सम्भावना रहेको छ । सो कार एमक्युबी एओ ईन प्लेटफर्ममा विकसित गरिएको हो । सो कारको लागि ९० प्रतिशत भन्दा बढि लोकलाइजेसन हुने कम्पनीले दावी गरेको छ र यो भारतमा निर्मित उत्पादन हुनेछ । सो कारको मूल्य हुन्डाई क्रेटा र किया सेल्टोसको मूल्य भन्दा कम हुनेछ ।

सो नयाँ स्कोडा कम्प्याक्ट एसयूभीमा १.५ लिटर टीएसआई इन्जिन समावेश गरिनेछ । जसले १४८ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । सो कार ७ स्पिड डीसीजी अटोमेटिक ट्रान्समिशनको साथमा म्यानुअल गियरबक्सको साथमा उपलब्ध हुनेछ ।

हाल यो कार भारतमा विभिन्न स्थानमा परीक्षण भइरहेको छ । नेपालमा पनि यो कार उपलब्ध गराउने तयारी भइरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...