स्कोडाको नयाँ सोरुम बिर्तामोडमा

स्कोडा गाडीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा थ्री एस सहितको नयाँ सोरुम संचालनमा ल्याएको छ । हलेसी अटोमोबाइको नामले संचालनमा आएको यो सोरुमले पूर्वी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवा उपलब्ध गराउने बताइएको छ । यो नयाँ सोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका हुन् ।

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।

‘हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभुत गर्न प्रतिबद्ध छौं । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट स्कोडा सोरुम ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ,’ एमएडब्लु स्कोडाका रौनक अग्रवालले भने, ‘यो सुबिधाले नेपालमा हाम्रो उपस्थितिलाई झनै बलियो बनाउनेछ ।’

नयाँ डिलर हलेसी अटोमोबाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’पनि आयोजना गर्दैछ । ‘यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउनेछन्,’ हलेसी अटोमोबाइलका प्रबन्ध निर्देशक चुडामणी पौडेलले भने ।

हाल पोेखरा, नारायणघाट, विराटनगर, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ ।

सम्बन्धित समाचारहरू

एकै दिनमा ७५ युनिट स्कोडा कुशाकको डेलिभरी

एकै दिनमा ७५ युनिट स्कोडा कुशाकको डेलिभरी

काठमाडौं– नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु...

कुपे मोडलको स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी, सन् २०२५ मा लन्च हुने

कुपे मोडलको स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी, सन् २०२५ मा लन्च हुने

स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी भएसँगै सो इलेक्ट्रिक एसयूभीले धेरैको...

चांगनको उत्कृष्ट सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय हुँदै : यस्तो छ दुई महिनाको अवस्था

चांगनको उत्कृष्ट सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय हुँदै : यस्तो छ दुई महिनाको अवस्था

चांगन अटोको उत्कृष्ट सेडान एल्सभिनले छोटो समयको अन्तरालमै नेपाली बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...