बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – स्कोडाको नयाँ एसयूभी कुसाक अर्को वर्ष अर्थात २०७८ को साउन महिनामा नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यसको जानकारी दिदै देशका विभिन्न स्थानमा डिलरको आह्वान समेत गरेको छ ।
स्कोडाको सो एसयूभी आगामी मार्च महिनामा भारतमा लन्च हुने बताइएको छ । हाल यो एसयूभीको विशेषताको वारेमा निकै नै चर्चा भएको छ । नेपाली बजारमा समेत यसले राम्रो पकड कायम गर्ने उद्देश्यका साथ एमएडब्ल्युले विशेष तयारी गरिरहेको अनुमान गर्न सकिन्छ ।
२०२० अटो एक्सपोमा स्कोडा अटो इन्डियाले भिजन इन नामको एक कम्प्याक्ट एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको थियो । सो कार लेटेस्ट फिचर सहित लन्च हुनेछ ।
सो कार भिजन इन एमक्युबी एओ इन प्लेटफर्ममा आधारित हुनेछ । सो प्लेटफर्ममा विकसित गरेको यो कार पहिलो हुनेछ । जसको प्रयोग पछि फक्सवागन र स्कोडा कारको लागि पनि प्रयोग गरिने छ । यही प्लेटफर्ममा फक्सवागन टाइगुन पनि विकसित गरिने छ । सो कारको लम्बाई ४२५६ एमएम, ह्वीलबेस २६७१ एमएम हुनेछ ।
सो एसयभूमा २ फरक फरक इन्जिन उपलब्ध हुनेछ । जसमा पहिलो १.० लिटर तीन सिलिन्डर टीएसआई टर्बाे पेट्रोल इन्जिन हुनेछ । जसलाई सम्भवतः बेस ट्रिम्सको साथमा प्रस्तुत गरिने छ । जबकि अर्को १.५ लिटर चार सिलिन्डर टीएसआइ टर्बाे पेट्रोल इन्जिन हुने अनुमान गरिएको छ । यो १.० लिटर मोटर -यापिडमा पनि प्रयोग गरिनेछ ।
सो इन्जिनले ११० पीएस/१७५ एनएमको टर्क जेनेरेट गर्छ । जबकि १.५ लिटर टीएसआई युनिटले १५० पीएसको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । सो कार ६ स्पिड म्यानुअल गियरबक्स ट्रान्समिशनको साथमा वैकल्पिक डिएसजीको साथमा प्रस्तुत गरिने छ ।
लन्च पश्चात सो कारले हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स, रेनो डस्टरको साथै एमजी हेक्टर र टाटा हेरियरसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...