बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
स्कोडाको अपकमिङ कार कुशाक लामो समय देखि चर्चाको विषय बनेको छ । सो कार सबैभन्दा पहिले २०२० मोटर शोमा भिजन इन कन्सेप्टको नाममा प्रस्तुत गरिएको थियो । हालको लागि सो कार १८ मार्च २०२१ मा भारतमा ग्लोबल डेब्यु गरिनेछ । जसको बिक्रीको लागि २०२१ को ६ महिना पछि लन्च गरिनेछ ।
कम्पनीले कुशाकको इन्टेरियर स्केच जारी गरेको छ । कम्पनीको सो कार फक्सवागन समूहको भारतमा २.० प्रोजेक्टको रुपमा लन्च हुने पहिलो कार हुनेछ । कम्पनीले पहिला नै कारको बाहिरी डिजाइनको स्केच सार्वजनिक गरिसकेको छ ।
स्कोडा कुशाकको इन्टेरियर स्केचमा ओरेन्ज हाइलाइटको साथमा प्रिमियम ड्युअल टोन ह्वाइट र ब्ल्याक कलर स्किम दिइएको छ । यसको ड्यासबोर्डमा निलो रङ रहेको छ । साथै ओरेन्ज हाइलाइट कारको अधिकाशं भागमा देख्न सकिन्छ ।
यसको साथै कारमा १० इन्चको डिजिटल डिस्प्ले रहेको छ । जसलाई सेन्ट्रल एयर कन्डिसनिङ भेन्ट्सको तल राखिएको छ । ढोकाको ह्यान्डल, स्टेयरिङ ह्विल र एसी भेन्टमा सिल्भर टच रहेको छ । सो एसयूभीमा टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल रहेको छ । साथै स्टेयरिङ ह्विल, कोणीय आकारको ग्लोवबक्स, ६ स्पिड म्यानुअल गियरबक्स, सिट, बोतल÷कप होल्डर र आर्मरेस्ट स्केच पनि देख्न सकिन्छ ।
सो एसयूभी एमक्युबी एओ इन प्लेटफर्ममा तयार पारिनेछ । जसलाई कम्पनीले २ इन्जिन विकल्पको साथमा पेश गर्नेछ । यसमा ११० बीएचपीको पावरको साथमा १.० लिटर ३ सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन र १४७ बीएचपीको पावरको साथमा १.५ लिटर ४ सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन समावेश गरिनेछ । ट्रान्समिसनको विकल्पमा ६ स्पिड म्यानुअल, ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक र ७ स्पिड डीएसजी हुने सम्भावना रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...