सुरुवाती मूल्य ३५ लाख भारुमा लन्च गरियो स्कोडा कोडियाक

स्कोडाले आज भारतमा नयाँ कोडियाक लन्च गरेको छ । यो नयाँ एसयुभीको शुरुवाती मूल्य ३४ लाख ९९ हजार भारु कायम गरिएको छ । त्यसैगरी मिडियम भेरियन्ट स्पोर्टलाइनको ३५ लाख ९९ हजार र टप भेरियन्ट एल एन्ड के को मूल्य भने ३७ लाख ४९ हजार भारुसम्म तोकिएको छ । नयाँ कोडियाकमा नयाँ टेक्नोलोजी र अपडेट गरिएको स्टाइल समावेश गरिएको कम्पनीले बताएको छ ।

यो एसयूभीमा कैयौ कस्मेटिक परिवर्तन गरिएको छ । नयाँ कोडियाक फेसलिफ्टमा नयाँ डिजाइन गरिएको फ्रन्ट ग्रिल, अपडेटेड एलईडी म्याट्रिक्स हेडल्याम्प, नयाँ फ्रन्ट र रियर बम्पर तथा पहिलाको भन्दा आकर्षक बोनट समावेश गरिएको छ । साथै नयाँ डिजाइन गरिएको अलोय ह्वील र टेलल्याम्प छ । जबकी इन्टेरियर डिजाइनमा खासै परिवर्तन गरिएको छैन ।

नयाँ कोडियाकमा इलेक्ट्रिकल एडजस्टेबल लेदर एर्गोनोमिक्सका साथै नयाँ डिजाइनको सिट उपलब्ध छ । नयाँ २०२२ स्कोडा कोडियाकमा १०.२५ इन्चको भर्चुअल ककपिट डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १० स्पिकर क्यान्टन साउन्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एम्बियन्ट लाइटिङ उपलब्ध छ । टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम ९.२ इन्चमा उपलब्ध छ ।

यो एसयुभीमा नयाँ २.० लिटर टर्बो पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले १९० पीएसको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स छ र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । सो एसयूभीमा डिजेल इन्जिनको विकल्प भने दिएको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...