स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी देखियो परीक्षणमा, लन्चको तयारी

स्कोडाले चाँडै नै भारतमा क्रसओभर इलेक्ट्रिक एसयूभी इन्याक आईभी लन्च गर्ने सम्भावना छ, जसलाई परीक्षणको क्रममा देखिएको छ । परीक्षणका क्रममा कारलाई कालो कपडाले छोपिएको थियो । स्कोडाले यसलाई भारतमा अर्को वर्ष सम्ममा लन्च गर्ने अनुमान गरिएको छ ।

इन्यिाक आईभी कार फक्सवागनको एमईबी प्लेटफर्ममा निर्माण गरिएको हो, जसको कारण यसको मूल्य अलि बढी हुने सम्भावना छ । यो कुनामा पाङ्ग्रा र बीचमा ब्याट्री सहितको फ्लोरबोर्ड भएको इलेक्ट्रिक स्केटबोर्ड प्लेटफर्म हो । यसमा इन्जिन, ड्राइभशाफ्ट र ट्रान्समिसन टनेल छैन ।

सो एसयूभकिो लम्बाई ४६४८ एमएम, चौडाई १८७७ एमएम र उचाइ १६१६ एमएम छ । यसमा ७ किलोवाटको ब्याट्री छ, जसलाई १२५ किलोवाट पावर सप्लाईले छिटो चार्ज गर्न सकिन्छ ।

सो एसयूभी डिसी फास्ट चार्जरको मदतले एक पटक चार्जमा ५१३ किलोमिटर चल्न सक्ने कम्पनीको दाबी छ । यसको पावर आउटपुट २६५ पीएस छ । सो कारले ६.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा ग्रेटवाल ह्यावल जोलियन कार छिट्टै उपलब्ध हुने

नेपाली बजारमा ग्रेटवाल ह्यावल जोलियन कार छिट्टै उपलब्ध हुने

ग्रेटवाल ह्यावल जोलियन कार नेपाली बजारमा उपलब्ध हुने भएको छ । चीनको...

स्कोडा स्लाभिया डिजाइन स्केच सार्वजनिक, ग्लोबल लन्च आगामी नोभेम्बर १८ मा

स्कोडा स्लाभिया डिजाइन स्केच सार्वजनिक, ग्लोबल लन्च आगामी नोभेम्बर १८ मा

स्कोडाले बजारमा ल्याउने तयारी गरिरहेको नयाँ सेडान स्कोडा स्लाभियाको...

तीन महिनामा शतप्रतिशत बढ्यो जिप कार आयात

तीन महिनामा शतप्रतिशत बढ्यो जिप कार आयात

काठमाडौं – आयात निर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...