स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी देखियो परीक्षणमा, लन्चको तयारी

स्कोडाले चाँडै नै भारतमा क्रसओभर इलेक्ट्रिक एसयूभी इन्याक आईभी लन्च गर्ने सम्भावना छ, जसलाई परीक्षणको क्रममा देखिएको छ । परीक्षणका क्रममा कारलाई कालो कपडाले छोपिएको थियो । स्कोडाले यसलाई भारतमा अर्को वर्ष सम्ममा लन्च गर्ने अनुमान गरिएको छ ।

इन्यिाक आईभी कार फक्सवागनको एमईबी प्लेटफर्ममा निर्माण गरिएको हो, जसको कारण यसको मूल्य अलि बढी हुने सम्भावना छ । यो कुनामा पाङ्ग्रा र बीचमा ब्याट्री सहितको फ्लोरबोर्ड भएको इलेक्ट्रिक स्केटबोर्ड प्लेटफर्म हो । यसमा इन्जिन, ड्राइभशाफ्ट र ट्रान्समिसन टनेल छैन ।

सो एसयूभकिो लम्बाई ४६४८ एमएम, चौडाई १८७७ एमएम र उचाइ १६१६ एमएम छ । यसमा ७ किलोवाटको ब्याट्री छ, जसलाई १२५ किलोवाट पावर सप्लाईले छिटो चार्ज गर्न सकिन्छ ।

सो एसयूभी डिसी फास्ट चार्जरको मदतले एक पटक चार्जमा ५१३ किलोमिटर चल्न सक्ने कम्पनीको दाबी छ । यसको पावर आउटपुट २६५ पीएस छ । सो कारले ६.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...