स्कोडाले ल्याउने भयो मिड साइज सेडान स्लाभिया, रेपिड भन्दा केही लामो हुने
स्कोडाले नयाँ कार स्लाभियालाई यो बर्षको अन्तिम अर्थात आगामी बर्ष सन् २०२२...
स्कोडाले इनयाक आईभी इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक गरेको छ । आगामी जनवरी ३१ मा यसको वारेमा विस्तृत जानकारी सार्वजनिक गर्ने बताइए पनि टिजरबाट पनि यसको केही जानकारी अनुमान गरिएको छ ।
टिजरका अनुसार यो एसयूभीमा आल्मुनाइज्ड ग्रिल जडान गरिएको छ, जसमा एलईडी लाइटिङ दिइएको छ । कारमा एलईडी हेडलाइट, एलईडी डीआरएल र एलईडी टेलल्याम्प रहेको छ । यस इलेक्ट्रिक कूपे एसयूभीको रुफलाइन बी–पिलर पछि बुट उपलब्ध हुन्छ । जसका कारण यो इलेक्ट्रिक कारले सेग्मेन्टमा उत्कृष्ट ड्रयाग स्कोर र इफिसियन्सी प्रदान गर्नेछ ।
टिजरमा कारको पछाडिको झलक पनि देखाइएको छ, जसमा कारको सी–आकारको एलईडी टेललाइट देखाइएको छ । कारको इन्टेरियर लेआउट यसको आईसीई इन्जिन भेरिएन्टको जस्तै हुनेछ तर अपहोल्स्ट्री र इलेक्ट्रोनिक फिचरमा परिवर्तन हुनेछ ।
स्कोडा इनयाक आईभी दुईवटा ब्याट्री प्याक भेरिएन्टमा लन्च गर्ने सम्भावना रहेको छ । जसमा ६२ केडब्ल्युएच र ८२ केडब्ल्युएच भेरिएन्ट समावेश छन् । यी भेरिएन्टले क्रमशः १७७ बीएचपी र २६१ बीएचपीको पावर जेनेरेट गर्ने क्षमता रहेको छ । फुल चार्जमा यो एसयूभीले ५१० किलोमिटरको ड्राइभ रेन्ज प्रदान गर्नेछ । यसलाई हाई परफरर्मेन्स आरएस ट्रिममा पनि उपलब्ध गराइनेछ जसले ३०० बीएचपी पावर जेनेरेट गर्नेछ ।
स्कोडा अटोले कुशाक एसयूभीको बुकिङ डाटा शेयर गरेको छ । कम्पनीका अनुसार कुशाक एसयूभीको लन्च भएको ६ महिनाभित्र २० हजारभन्दा बढी युनिट बुकिङ भइसकेको छ । स्कोडा कुशाक यसै वर्षको जुनमा लन्च गरिएको थियो र त्यसबेलादेखि यसले ग्राहकहरुबाट अत्यधिक प्रतिक्रिया पाइरहेको छ । सो एसयूभी भारतमा १० लाख ५० हजार देखि ७ लाख ६० हजार भारु मूल्यमा उपलब्ध गराइएको छ ।
स्कोडा कुशाक एम्बियन्ट, एम्बिसन र स्टाइल गरी तीनवटा ट्रिममा जम्मा ७ भेरिएन्टमा उपलब्ध छ । यो एसयूभी दुई पेट्रोल इन्जिनमा उपलब्ध गराइएको छ । यसमा १.० लिटर र १.५ लिटर पेट्रोल इन्जिन समावेश छन् । दुबै इन्जिनहरू म्यानुअल, अटोमेटिक र डीएसजी गियरबक्स सहित उपलब्ध छन् ।
चार मिटरभन्दा सानो कम्प्याक्ट एसयूभी सेगमेन्टमा यसले हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी३०० जस्ता कारहरूसँग प्रतिस्पर्धा गर्छ ।
नेपाली बजारमा पनि स्कोडा कुशाक उपलब्ध छ । नेपाली बजारमा समेत यसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
स्कोडाले नयाँ कार स्लाभियालाई यो बर्षको अन्तिम अर्थात आगामी बर्ष सन् २०२२...
स्कोडले आफ्नो लोकप्रिय एसयुभी कुसाकमा नयाँ फिचर्स अपडेट गरेको छ । उसले सबै...
जिप इन्डियाले भारतीय बजारमा जिप कम्पास ट्रेलहक लन्च गरेको छ । केही दिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...