पूर्व राजपरिवारले शिकारमा प्रयोग गरेको ५५ वर्ष पुरानो सीजे–५ नेपालको जिप सोरुममा
के तपाईं जिपको फ्यान हुनुहुन्छ ? या जिपको इतिहासमा चाख राख्नुहुन्छ ? यदि हो...
स्कोडा अटो इन्डियाको प्रोजेक्ट २.० सफल भएको कम्पनीको भनाइ छ । यस अन्तर्गत उत्पादन गरिएका कारलाई ग्राहकहरुले राम्रो प्रतिक्रिया दिएपछि कम्पनीले आफ्नो प्रोजेक्ट २.० भारतमा सफल भएको बताएको छ । कम्पनीले २०२२ को अन्तिम त्रैमासिकमा आफ्नो सफलता मनाउन देहरादुनमा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा भारतलगायतका विश्वभरका अटोमोटिभ विज्ञहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा भारत, जर्मनी, स्लोभाकिया, आयरल्याण्ड, बेल्जियम, फ्रान्स, अस्ट्रिया र चेक गणतन्त्रका अटो व्यवसायीहरुको सहभागिता थियो । सोही अवसरमा कम्पनीले कुशाकको एनिभर्सरी भर्सन पनि ल्याउने घोषणा गरेको छ
हालै सम्पन्न जीएनक्याप क्रयास टेस्टमा स्कोडा कुशाक एसयूभीले ५–स्टार क्रयास सेफ्टी रेटिङ पाएको छ । यो भारतमा बनेको एक मात्र कार हो जसले दुवै मापदण्ड पूरा गरेको छ । स्कोडा अटो इन्डियाले भारतमा ४४ हजार ५०० कार बिक्री गरी नयाँ रेकर्ड बनाएको छ ।
यसमा सबै यात्रुहरूका लागि व्यक्तिगत हेडरेष्टसहित थ्री प्वाइन्ट सिट बेल्ट, ६ वटा एयरब्याग, रोल–ओभर सेफ्टी, बाल सुरक्षाका लागि आईएसओफिक्स माउन्ट, हिल होल्ड कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, एबीएस कन्ट्रोल सिस्टम, मल्टी कोलिजन ब्रेकिङ, ब्रेक डिस्क वाइपिङ र क्यामेराको साथै रियर पार्किङ सेन्सर जस्ता फिचर रहेको छ ।
जुलाई २०२१ मा लन्च गरिएको कुशाक एसयूभी र मार्च २०२२ मा लन्च गरिएको स्लाभिया सेडान एमक्युबी प्लेटफर्ममा निर्माण गरिएको हो । भारत अब जर्मनी र चेक गणतन्त्र पछि स्कोडाको लागि तेस्रो ठूलो बजार बनेको छ ।
नेपालमा समेत स्कोडका कुशाक लगायतका सवारी साधन उपलब्ध छन् । एमएडब्ल्यु इन्टरप्राइजेजले स्कोडाका सवारी साधन नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।
के तपाईं जिपको फ्यान हुनुहुन्छ ? या जिपको इतिहासमा चाख राख्नुहुन्छ ? यदि हो...
काठमाडौं – नेपाली बजारमा चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’...
काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...