टीभीएस पीजीएम मिट सम्पन्न, आईक्युब स्कुटरको वारेमा मेकानिक्सलाई जानकारी प्रदान
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
नेपालमा सवारी साधन अर्थात मोटर बिमा बिस्तारमा अटो व्यवसायको महत्वपूर्ण योगदान रहेको छ । बिमा शुल्क संकलनको आधारमा मोटर बिमाले निर्जीवन बिमाको २१ प्रतिसत हिस्सा ओगटेको छ । अटो व्यवसायीको सक्रियता र आर्थिक योगदानले निर्जीवन बिमाको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने गरेको छ ।
पछिल्लो तथ्यांकलाई हेर्ने हो भने नेपाली बजारमा मोटर बिमाको प्रभाव उल्लेखनिय छ । सरकारको नीति अनुसार सबै खाले सार्वजनिक सवारी साधनमा तेस्रो पक्ष (थर्ड पाटी) बिमा अनिवार्य भएकाले पनि बिमा शुल्कमा प्रभाव परेको हो । सबै प्रकारको सार्वजनिक सवारी साधनको तेस्रो पक्ष बिमा अनिवार्य गराउनु पर्ने प्रावधान छ भने निजी सवारी साधनको हकमा भने इन्स्योरेन्स सिफारिस गरिन्छ तर अनिवार्य गरेको भने पाइदैन ।
मुख्यतया नेपालमा सवारी साधन सम्बन्धी दुई प्रकारका इन्स्योरेन्स प्रचलनमा छन् । दुर्घटना हुँदा वा पर्दा तेस्रो पक्षमा भएको क्षतिलाई मूल्यांकन गरी समान्य शर्तका आधारमा दाबी भुक्तानी गरिन्छ भने त्यसलाई थर्ड पाटी अर्थात तेस्रो पक्ष बिमा भनिन्छ । यो नेपाली मोटर बिमा बजारमा अत्यधिक प्रचलनमा रहेको पाइन्छ । सवारी साधनको चोरी, दुर्घटना, प्राकृतिक प्रकोप, हुलदंगा, तोडफोड जस्ता क्षतिका शर्तलाई समेटेर क्षतिपुर्ति दिने कम्प्रिहेन्सिभ इन्स्योरेन्स (फुल) लाई नेपाली मोटर बिमा बजारमा खासै महत्व दिएको पाइदैन । धेरैले यस प्रकारको बिमालाई अनावश्यक खर्च ठान्ने गरेको पाइन्छ । त्यसैले नेपाली बिमा बजारमा मोटर बिमाको प्रतिस्पर्धा बढेसँगै बजार भने साँघुरिदै गएको छ ।
गैर जीवन बिमा क्षेत्रमा धेरै बिमा कम्पनीहरुको सहभागिताका कारण बिमा बजार विभाजित छ तथापि नेपालमा मोटर बिमाले अझै धेरै सम्भावना बोकेको छ । गैर जीवन बिमा बजारको नेतृत्व भने नेपालका केही प्रमुख निर्जीवन बिमा कम्पनीले लिएका छन् ।
नेपालमा हाल सम्म करिब ४२ लाख सवारी साधन दर्ता भएको अनुमान लगाउन सकिन्छ जसमा दुई पांग्रे सवारी साधन मोटरसाइकलको हिस्सा लगभग ८० प्रतिशत (३३ लाख ६० हजार) रहेको छ भने विद्युतीय सवारी साधनको २ प्रतिशतको ८४ हजार हाराहारीमा रहेको छ । विद्युतीय सवारी साधनमा ८० प्रतिशत (६७ हजार २ सय ) अटो रिक्साहरुले ओगटेको तथ्यांकले देखाउछ । कार, जिप, भ्यान करिव १४ प्रतिशत (५ लाख ८८ हजार) को हाराहारीमा रहेका छन् ।
सार्वजनिक सवारी साधनले नवीकरण हरेक वर्ष अनिवार्य रुपमा गर्ने प्रावधानका कारण मोटर बिमा नवीकरण नियमित भए तापनि निजी सवारी साधनको बिमा नवीकरण भने न्यून नै रहेको तथ्यांकले बताएको छ ।
यी सवारी साधन भने निजी तथा व्यावसायिक प्रयोजनमा बढी प्रयोग भएका छन् । सार्वजनिक यातायात र मालसामान ढुवानीमा प्रयोग हुने बस तथा ट्रक भने ३ प्रतिशत (१ लाख २६ हजार) को हाराहारीमा रहेका छन् भने अन्य बिकास निर्माणमा प्रयोग हुने यातायातका साधन करिव १ प्रतिशतको हाराहारीमा रहेका छन् ।
सार्वजनिक सवारी साधनले नवीकरण हरेक वर्ष अनिवार्य रुपमा गर्ने प्रावधानका कारण मोटर बिमा नवीकरण नियमित भए तापनि निजी सवारी साधनको बिमा नवीकरण भने न्यून नै रहेको तथ्यांकले बताएको छ । सवारी साधन सम्बन्धी बिमालाई अझ बढी प्रभावकारी बनाउन सबै सरोकारवालाहरु उत्तिकै जवाफदेही बन्नु पर्ने देखिन्छ ।
बजार विस्तारका लागि सरोकारवालाले निम्न कुरामा ध्यान दिए मोटर बिमालाई अझ बढी प्रभावकारी बनाउन सकिन्छ ।
१. सुबिधाजनक सेवा विस्तार प्रणाली - मोटर बिमाका लागि बिमा खरिद, नवीकरण र दावी दर्ता ( Claim Filing) अनलाइनबाट प्रविष्ट गर्ने व्यवस्था गर्दै दावी प्रक्रियालाई छिटोछरितो, सरल र पारदर्शी बनाउनका लागि द्रुत दावी प्रक्रिया प्रणालीको विकास गर्ने ।
२. ग्राहक शिक्षा र सचेतनाका लागि बिमा जागरण अभियान संचालन गर्ने - मोटर बिमाका व्यावहारिकता र महत्व, लाभ प्रक्रिया सम्वन्धमा सर्वसाधारणलाई जानकारी गराउने र बिमा कम्पनी सम्बन्धी भ्रामक प्रचार हटाउने, बिमा कम्पनीले बिमा सम्बन्धी सही जानकारी गराउने ।
३. जोखिममा आधारित प्रिमियम - चालकको ड्राइभिङ इतिहास, दुर्घटनाको जोखिम, सवारी साधनको प्रयोगलाई आधार मानेर राम्रो ड्राइभिङ रेकर्ड भएका व्यक्तिलाई प्रोत्साहन स्वरुप बिमा शुल्कमा छुट दिनु पर्दछ । कतिपय कम्पनीले यस प्रकारको व्यवस्था लागु गरेको पनि पाइन्छ ।
४.बिमा कम्पनीले डिजिटल दावी मूल्यांकन गर्ने, टेलिमेटिक्स प्रणालीको बिकास गर्ने - आफ्ना ग्राहकलाई बिमा कम्पनीले दावी प्रक्रियामा एआई र स्मार्ट उपकरण प्रयोग गरी मोटरको गति सम्बन्धी सम्पुर्ण विषयको तत्काल निर्णय लिने व्यवस्था मिलाउने ।
५.कम्पनीले आफ्ना ग्राहकका लागि सडक सुरक्षा सम्बन्धी अभियान संचालन गर्ने ।
६. सवैका लागि सधैको लागि अनिवार्य बनाउने र यसलाई स्थानीय स्तर सम्म फैलाउन सकियो तथा सो विषयमा स्थानीय भाषा र संस्कृति अनुसार सेवा उपलब्ध गराउने गर्दा मोटर बिमा विस्तार हुन सक्छ ।
नेपालमा बिमा क्षेत्रको विस्तारमा मोटर बिमा अझै धेरै सम्भावना बोकेको क्षेत्र हो । निजी क्षेत्र तथा सरकारले ग्रामीण क्षेत्रमा पहुँच वृद्धि गर्न र तेस्रो पक्ष बिमालाई कडाईका साथ कार्यान्वयन गर्न थप कदम चाल्न आवश्यक छ । साथै कम्पनीले डिजिटल प्लेटफर्ममार्फत दावी प्रक्रियालाई छिटो छरितो र पारदर्शी बनाउँदै ग्राहकमैत्री सेवालाई प्राथमिकतामा राख्नु पर्छ ।
सुरेश भट्टराई
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
पोखरा । पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स...
काठमाडौं– सिजि मोटर्सले पुराना गाडीसँग नेटा भी साट्न सकिने क्याम्पको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...