बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतको ब्ंग्लुरुमा अवस्थित इलेक्ट्रिक कार निर्माता कम्पनी प्रवेग डाइनामिक्सले भारतमै बनेको पहिलो इलेक्ट्रिक कार प्रवेग एक्सटिङसन सार्वजनिक गरेको छ । आकर्षक लुक र सानदार फिचरयुक्त उक्त इलेक्ट्रिक सेडानलाई कम्पनीले सन् २०२१ को शुरुमै बजारमा ल्याउने सम्भावना छ ।
प्रवेग डाइनामिक्सले आफ्नो सो पहिलो इलेक्ट्रिक कारको नाम एमके१ राख्ने सम्भावना छ । सिंगल चार्जमा यसले ५०४ किलोमिटरको दुरी तय गर्ने दावी गरिएको छ । त्यसैगरी यसको टप स्पिड १९६ किलोमिटर प्रतिघण्टा हुने बताइएको छ । अनि यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.४ सेकेन्डमै तय गर्ने समेत दावी गरिएको छ । यसको ब्याट्रीलाई आधा घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
सो गाडीमा ९६ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ, जसले १५० किलोवाट अर्थात २०० एचपी सम्मको म्याक्सिमम पावर र २४०० एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले सो कारमा फाइभ स्टार सेफ्टी भएको समेत दावी गरेको छ । यसलाई अटोनोमस ड्राइभिङ टेक्नोलोजीको साथमा ल्याउन चाहेको समेत कम्पनीको भनाइ छ । यद्यपि सो टेक्नोलोजीलाई भारतमा अनुमति प्राप्त छैन ।
कम्पनीले प्रत्येक वर्ष यो कार २५० युनिट बिक्री गरिने र प्रारम्भमा दिल्ली र बेंग्लुरुमा गरिने छ । सो गाडीमा स्वापिङ रुफ, एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी कनेक्टिङ बारका साथ एलईडी टेलल्याम्प, रिक्लाइन रियर प्यासेन्जर सिट, टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, ८ एयरब्याग लगायतका विभिन्न फिचर रहेका छन् । यसको इन्टेरियरका वारेमा भने अहिले केही सार्वजनिक गरिएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...