बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – सान्तुई हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक बितरक युनाईटेड इन्फ्रा इक्विपमेन्टले दशै तिहार स्किम सार्वजनिक गरेको छ । उक्त स्किम अन्तर्गत सान्तुई ब्रान्डका हेभी इक्विपमेन्ट खरिद गर्दा ग्राहकले १८० दिनको क्रेडिट एलसी, २ हजार घण्टासम्म सम्पूर्ण सर्भिसिङ फिल्टर सित्तैमा र १ बर्ष अर्थात २ हजार घण्टाको वारेन्टीपछि थप १ बर्षसम्म मर्मत निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
चिनियाँ ब्रान्ड सान्तुईको पछिल्लो समय नेपालमा निकै राम्रो बजार विस्तार भइरहेको छ । यसका डोजर, रोलर, कम्प्याक्टर जस्ता इक्विपमेन्ट नेपाली बजारमा कारोबार भइरहेको छ । डोजर उत्पादन र बिक्रीमा विश्वकै अग्रणीमध्ये एक मानिने सान्तुईले विश्वका अधिकांश राष्ट्रहरुमा बजार विस्तार गर्न सफल भएको छ ।
बलियो तथा मजवुत इन्जिन, उच्च पर्फमेन्स, इन्धन किफायती र बिक्री पछिको सेवा सहज भएका कारण यी इक्विपमेन्टको बजार बिस्तार हुन सफल भएको कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...