बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
किया मोटर्सले इन्डोनेसियामा सब कम्प्याक्ट ७ सिटर सोनेट लन्च गरेको छ । अनुमानित रिपोर्ट अनुसार सो कार चाँडै नै अन्य देशमा पनि लन्च गरिनेछ । हाल नेपालमा समेत उपलब्ध ५ सिटर मोडल र यो ७ सिटर मोडलमा खासै भिन्नता रहेको छैन । कम्पनीले यसमा तेस्रो पंक्ति अर्थात थर्ड रो समावेश गरेको छ ।
७ सिटर किया सोनेटमा सनरुफ उपलब्ध रहेको छैन । तेस्रो पंक्ति यात्रीको लागि दोस्रो पंक्तिको छतमा एसी भेन्ट समावेश गरिएको छ । साथै दोस्रो पंक्ति यात्रीको लागि पहिलो पंक्तिको बीचमा समावेश गरिएको छ । किया सोनेट ७ सिटरको दोस्रो पंक्तिलाई अगाडि पछाडि गर्न सकिन्छ । तेस्रो पंक्तिमा जानको लागि दोस्रो पंक्तिको सिटलाई फोल्ड गर्न सकिन्छ ।
सो कारमा १.५ लिटर ग्रेमा आईआई स्मार्टस्ट्रिम सीभीभीटी इन्जिन समावेश गरिएको छ । जसले ६३०० आरपीएममा ११५ पीएसको पावर र ४५०० आरपीएममा १४४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथमा इन्टेलिजेन्ट भीटी ट्रान्समिसन र ६ स्पिड म्यानुअल ट्रान्समिसनको विकल्प रहेको छ ।
कारमा १०.२५ इन्चको एलसीडी इन्फोटेनमेन्ट स्क्रिन उपलब्ध रहेको छ । जसलाई एपल कारप्ले र एन्ड्रोइड अटोको माध्यमले कनेक्ट गर्न सकिन्छ । यसमा मल्टिपल ब्लुटुथ कनेक्सन, यूएसबी र एयूएक्स कनेक्टिभिटी, भ्वाइस रिकग्नाइजेसन जस्ता फिचर रहेको छ ।
सो कारमा ६ एयरब्याग, एन्टि लक ब्रेक सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, ब्रेक सिस्टम, इलेक्ट्रोनिक नियन्त्रण, हिल एसिस्ट कन्ट्रोल, इमरजेन्सी स्टप सिग्नल, रियर क्यामेरा, डायनमिक पार्किङ गाइड, रिमोट इन्जिन स्टार्ट, वायरलेस मोबाइल चार्जर र टायर प्रेसर मनिटरिङ जस्ता फिचर समावेश रहेको छ ।
सो कार ६ रङमा प्रस्तुत गरिएको छ । साथै सो एसयूभीमा क्लियर ह्वाइट, इन्टिलिजेन्स ब्लु, स्टिल सिल्भर, आरोरा ब्ल्याक पर्ल र बीज गोल्ड रङ समावेश रहेको छ ।
किया सोनेट ७ सिटर भारतमा परीक्षण भइरहेको छ । यो सोनेट नै हो वा अन्य कुनै कार यसको कुनै विवरण प्रस्ट पारेको छैन । भारतमा यसको मूल्य अल्काजारसँग मिल्दोजुल्दो रहेको छ । सो कार १३ लाख देखि १४ लाख भारु हुने अनुमान गरिएको छ । नेपाली बजारमा भने त्यसपछि बल्ल आउने वा नआउने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...