चिनियाँ एयर ट्याक्सीले ३४ देशको सामु पहिलो उडान भर्दै, हवाई यात्रा सहज बनाउने संकेत
हवाई यात्रालाई थप सजिलो बनाउन विश्वभर एयर ट्याक्सीको विकास भइरहेको छ।...
कारमा सेफ्टी फिचर सामान्य बन्दै गएको छ । कारको सेफ्टी फिचरले कारमा यात्रा गर्नेहरुको ज्यान जोगाउन मद्दत गरे तापनि कहिलेकाही यस्ता फिचर खतरनाक पनि हुन सक्छन् । त्यसैले यस्ता फिचर प्रयोग गर्दा विशेष ध्यान पु¥याउनु आवश्यक हुन्छ ।
एडीएएस सेफ्टी फिचर
आजकाल महँगो कारमा एडीएएस अर्थात एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम जस्ता फिचर समावेश हुन थालेका छन् । सो फिचरले कार ड्राइभको समयमा यात्रीहरुलाई सुरक्षित राख्छ नै । तर यसले कहिलेकाही सामान्य दुर्घटनालाई पनि गम्भीर बनाउन सक्छ ।
मानौं सामान्य कारमा यो सेफ्टी फिचर भएको कार ड्राइभ भइरहेको छ । यदि कार अचानक ब्रेक लगाउनु पर्ने स्थिति आयो भने सो फिचर भएको अन्य कार तपाईंको कारको स्पिड अनुसार सेट हुने भयो । तर यदि पछाडिबाट आउँदै गरेको कारमा सो सेफ्टी फिचर छैन भने त्यो कारले अगाडिको कारसँग ठोक्किने सम्भावना बढी रहन्छ ।
रिपोर्टसका अनुसार कहिलेकाहीँ एडीएएस सेफ्टी फिचर भएको कारलाई पनि पछाडिबाट आउँदै गरेको कारले टक्कर दिएर दुर्घटनाग्रस्त बनाएको छ । यसको मुख्य कारण पछाडिको कारमा एडीएएस सेफ्टी फिचर नहुनु हो ।
सिट बेल्ट
सिट बेल्ट कारमा अनिवार्य फिचर हो । तर कहिलेकाही यसको लापरवाहीले पनि गम्भीर दुर्घटना हुन सक्छ । सिट बेल्टको प्रयोग नगरेमा दुर्घटनाको समयमा कारको एयरब्याग खुल्दैन जसले गर्दा गम्भीर दुर्घटना हुन सक्छ ।
एयरब्याग
आजकाल सबै कारमा एयरब्याग प्रदान गरिन्छ । एयरब्याग सामान्यतया जीवन बचाउन प्रयोग गरिन्छ, तर धेरै अवस्थामा यो खतरनाक पनि हुन सक्छ । दुर्घटनाको समयमा एयरब्याग छिटो खुल्छ र धेरै मानिसहरु यो प्रतिक्रियाको लागि तयार हुँदैनन् । यस्तो अवस्थामा चालक एयरब्यागबाट जोखिममा पर्न सक्छ । सिटबेल्ट प्रयोग नगरेमा पनि दुर्घटनाको समयमा एयरब्याग खुल्दैन ।
मिडिया रिपोर्टका अनुसार टकाटा कम्पनीले बनाएको एयरब्याग कारमा नै विस्फोट हुने गरेको छ । जसका कारण विश्वभर १६ जनाको मृत्यु भइसकेको छ । अत्यधिक गर्मीका कारण टकाटाको एयरब्याग पनि विस्फोट हुन सक्ने रिपोर्ट आएको थियो ।
केही समय पहिले भारतमा उद्योगपति साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको थियो । उनी अगाडिको सिटको सट्टा पछाडिको सिटमा बसेका थिए तर पनि दुर्घटनामा उनको मृत्यु भएको थियो । त्यो समयमा महँगो कारको सेफ्टी फिचरले पनि दुर्घटनाको समयमा ज्यान बचाउन सक्दैन भन्ने रिपोर्ट सार्वजनिक भएको थियो ।
हवाई यात्रालाई थप सजिलो बनाउन विश्वभर एयर ट्याक्सीको विकास भइरहेको छ।...
भारतमा कोमाकी रेन्जर मोटरसाइकलका साथै भेनिस इलेक्ट्रिक स्कुटर समेत केही...
कार निर्माताले आफ्ना लेटेस्ट टेक्नोलोजी र नयाँ मोडलहरू सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...