रोयल इन्फिल्डले हरेक वर्ष ४ नयाँ बाइक लन्च गर्ने, क्लासिक इलेक्ट्रिक चाँडै लन्च हुने

रोयल इन्फिल्ड कम्पनीले आउदो समयमा हरेक वर्ष ४ नयाँ बाइक लन्च गर्ने घोषणा गरेको छ । साथै कम्पनीले सन् २०२३ सम्ममा रोयल इन्फिल्ड क्लासिक इलेक्ट्रिक बाइक पनि लन्च गर्नेछ । सो बाइकसँगै कम्पनी इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्नेछ । हालै कम्पनीले रोयल इन्फिल्ड मेटियर ३५० नयाँ फिचर सहित लन्च गरेको थियो ।

कम्पनीका अनुसार रोयल इन्फिल्डको पोर्टफोलियो बढाउँदै लगिनेछ । साथै हरेक वर्ष डोमेस्टिक र इन्टरनेसनल मार्केटको लागि ४ नयाँ बाइक लन्च गर्नेछ । जसमा फरक फरक फिचर र स्टाइल हुनेछ ।

रोयल इन्फिल्डका अनुसार कम्पनीले आउँदो ७ वर्षमा २७ नयाँ मोडल लन्च गर्नेछ । जसको शुरुवात मेटियर ३५० बाट भइसकेको छ । आउँदो समयमा कम्पनी नेक्स्ट जेनेरेसन क्लासिक ३५०, न्यु जेनेरेसन बुलेट ३५०, इलेक्ट्रा ३५०, क्रुजर ६५०, हिमालयन ६५० र क्लासिक इलेक्ट्रिक बाइक लन्च गर्ने सम्भावना रहेको छ । कम्पनीले १०–२० वर्षमा लन्च गरेको सबै बाइक लोकप्रिय रहेको छ ।

रोयल इन्फिल्डका सीईओ विनोद के. दसारीका अनुसार कम्पनी हरेक वर्ष घरेलु र अन्तर्राष्ट्रिय बजारमा रोयल इन्फिल्डको मार्केट बढाउदै लगिने छ । यसको लागि कम्पनीले अर्जेन्टिनाको राजधानीमा ओभरसिज प्रोडक्सन बेस स्थापना गरिसकेको छ । साथै थाइल्यान्ड र ब्राजिलमा पनि प्रोडक्सन युनिट स्थापना गर्ने योजना रहेको छ । कम्पनीले आउने समयमा २५० सीसी देखि ७५० सीसीको बाइक निर्माण गर्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...