शक्तिशाली इन्जिन र फिचरसहित रोयल इन्फिल्डले ३ उत्कृष्ट बाइक लन्च गर्ने
रोयल इन्फिल्ड बाइकको डिजाइन, इन्जिन र साउन्डका कारण कम्पनीका बाइकप्रति...
काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा. लि. ले नाडा अटो शो २०२४ मा नयाँ मोडल हिमालयन ४५० लन्च गरेको छ । यो नयाँ मोटरसाइकलको सुरुवाती मूल्य ९ लाख ८९ हजार रुपैँया तोकिएको छ ।
४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणालीले भएको यो मोटरसाइकलले रोयल इन्फिल्डकोे कठोरतालाई आधुनिक प्राविधिक सुधारसहित संयोजन गर्ने कम्पनीले जनाएको छ । रोयल इन्फिल्डले यासमा शक्तिशाली सेर्पा इन्जिन दिएको हो । जसको अधिकतम पावर ४०.२ पिएस र टर्क ४० एनएम छ ।
विभिन्न अवार्ड विजेता हिमालयन प्लेटफर्ममा आधारित यो मोटरसाइकलले विविध भू–भागमा उत्कृष्ट प्रदर्शन र स्थिरता प्रदान गर्दछ । मस्कुलर डिजाइन र उन्नत सस्पेन्सन प्रणालीले सहरका सडक र कष्टकर मार्गहरूमा रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्दछ ।
नेपालमै एसेम्वल गरिएको यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, यूएसडीरमोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।
हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन् । बलियो फ्रेम र उच्च ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलले लामो यात्रा र साहसिक यात्रालाई उत्कृष्ट बनाउँछ ।
रोयल इन्फिल्ड बाइकको डिजाइन, इन्जिन र साउन्डका कारण कम्पनीका बाइकप्रति...
काठमाडौं–रोयल इन्फिल्ड हिमालयनमा सवार राइडरले नगरकोटसम्म यात्रा गरेका...
रोयल इन्फिल्डले सेप्टेम्बर महिनामा भारतमा कुल ७९ हजार ३ सय २६ युनिट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...