दशैँको अटो बजार अपेक्षाकृत भएन, व्यवसायीमा तिहारको आश : कति गाडी डेलिभरी ?
काठमाडौं – अटो व्यवसायीहरुले अपेक्षा गरे अनुरुपको यो वर्षको दशैँमा...
काठमाडौं– क्यान्सर सम्वन्धि जनचेतना जगाउन महत्वपूर्ण भुमिका खेल्दै आएको गैह्र नाफामूलक संस्था राउन्ड टेवल नेपालले नगरकोटसम्म बाइक राइड सम्पन्न गरेको छ ।
शनिबार वसन्तपुरबाट सुरु भएको सो र्याली नक्साल–दरबारमार्ग–पाटन–कोटेश्वर–ठीमी–भक्तपुरको पाँचतले दरबार हुँदै नुवाकोटरको क्लव हिमायलमा गएर सम्पन्न भएको हो ।
काठमाडौं लेजेन्ड्सको सहकार्यमा आयोजना गरिएको र्यालीमा विभिन्न ब्रान्डका गरेर १५० बढी बाइक सहभागी भएका थिए । ‘राइड फर म्यान्स हेल्थ’ नारा दिइएको सो राइडमा सहभागी मध्ये ४ जनाले विभिन्न बिधामा अवार्ड समेत पाएका थिए । राइड पूर्ण रुपमा निशुल्क रहेको आयोजक संस्था राउन्ड टेवल नेपालले जनाएको छ ।
सो राइडको मूख्य प्रायोजक जेके टायर रहेको थियो भने खल्ति ले टिकेटिङ पार्टनरको साथै इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर र बोल्ट लुब्रिकेन्ट्सले स्पोन्सरका रुपमा सहयोग गरेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...