यामाहाले रे जेडआर फेन्टासी लिगका लागि ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य गर्दै

काठमाडौँ — नेपालमा फुटबल क्रेज निकै लोभलाग्दो छ । नेपाली फुटबल समर्थकहरू देशको फुटबल गतिविधिमा मात्र नभएर देशबाहिरको फुटबल गतिविधिलाई समेत निकै चासोको साथ फलो गर्ने गर्छन् ।

फुटबल जगतकै सर्वाधिक भब्य मानिने इंग्लिस प्रिमियर लिग (ईपीएल)को नयाँ सिजन गत अगस्ट ०६ बाट सुरु भएसँगै फेन्टासी लिग पनि चर्चाको शिखरमा छ ।

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आधारित रहेर कम्प्युटर प्रविधिबाट खेलिने यस काल्पनिक खेल पछिल्लो समय नेपालमा इन्टरनेटको सहज पहुँच तथा अन्य प्रविधिको विकाससँगै नेपाली युवाहरूमाझ निकै लोकप्रिय बन्दै आइरहेको छ । पछिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालमा करिब ५० हजारले ‘फेन्टासी लिग’ खेलेका छन् ।

यस सिजनको नेपालको ‘फेन्टासी प्रिमियर लिग’ लाई अझ भब्य रूपमा आयोजना गर्नका निम्ति फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ (आरओएनबी) ले यामाहा नेपालसँगको सहकार्यमा आयोजना गरेको छ । गत वर्षसम्म आरएनबीले एकल रुपमा सञ्चालन गर्दै आइरहेको उक्त लिगलाई अझ बृहत्तर रूप दिने उद्देश्यको साथ पेजले यस वर्षदेखि यामाहा नेपालसँग सहकार्य गरेको हो ।

यस सिजनको ‘फेन्टासी प्रिमियर लिग’ मा सहभागी बन्नका लागि कोड yi23yo रहेको छ । उक्त कोड ‘फेन्टासी प्रिमियर लिग’ को एपमा प्रयोग गरी सहभागी हुन सकिनेछ । तर, यामाहा नेपालका अनुसार सो कोड भने यामाहा नेपालको आधिकारिक शोरुममा भिजिट गरी रजिष्ट्रेशन फारम भरेपछि मात्र मान्य हुनेछ ।

फेन्टासी लिग, इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आधारित रहेर खेलिने काल्पनिक खेल हो जसमा ईपीएलको नियमहरू अन्तर्गत र ईपीएलजस्तै ९ महिना (३८ हप्ता) सम्म चल्नेछ ।

कम्पनीका अनुसार फेन्टासी लिगमा साप्ताहिक विजेता र भाग्यशाली विजेता हुनेछन् । साप्ताहिक विजेता हुनका लागि हप्ताभरका लागि लिगको लिडरबोर्डमा अग्रता लिनु पर्नेछ । त्यसैगरी, भाग्यशाली विजेता लिगको अन्त्यमा घोषणा गरिनेछ जुन प्रत्येक हप्ता लिडरबोर्डमा अग्रता लिनेहरूको प्वाइन्टलाई आधार मानी गरिनेछ ।

साप्ताहिक विजेतालाई यामाहा नेपालको तर्फबाट आकर्षक पुरस्कारहरू दिइने र एक भाग्यशाली विजेतालाई कम्पनीले यामाहा रेजेडआर १२५ एफआई स्कुटर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

‘पछिल्लो समय, डिजिटल खेलमा रमाउने नेपाली युवाहरूको जमात बढ्दो छ । र यसै कुरालाई मध्य नजरमा राख्दै सो जमातलाई थप हौसला र प्रोत्साहन गर्न यामाहा नेपालले नेपालीहरूमाझ लोकप्रिय रहेको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’सँग सहकार्य गरेको हो ।’, लिगको बारेमा बोल्दै यामाहा नेपालको सीईओ राजु क्षेत्रीले बताए ।

सम्बन्धित समाचारहरू

यामाहा आरएक्स१०० किन बन्द भयो, यस्तो छ लोकप्रियताका कारण

यामाहा आरएक्स१०० किन बन्द भयो, यस्तो छ लोकप्रियताका कारण

यामाहा आरएक्स१०० सबैभन्दा लोकप्रिय मोटरसाइकल मध्ये एक हो । यामाहाले सो...

मोटोजीपी अवलोकनका लागी यामाहा नेपालले पठायो ९ जना राइडरलाई भारत

मोटोजीपी अवलोकनका लागी यामाहा नेपालले पठायो ९ जना राइडरलाई भारत

काठमाडौं– भारतमा आयोजना हुने पहिलो मोटोजीपी अवलोकनका लागी ९ जना राइडर...

सकियो यामाहा एमटी–१५ बीएस६ को प्रतीक्षा : नेपाली ग्राहकले अब छिट्टै नै डेलिभरी पाउने

सकियो यामाहा एमटी–१५ बीएस६ को प्रतीक्षा : नेपाली ग्राहकले अब छिट्टै नै डेलिभरी पाउने

काठमाडौं – गत वर्ष एकै पटक २ सय यामाहा एमटी–१५ बीएस६ मोटरसाइकल डेलिभरी गरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...