सकियो रेसिङ च्याम्पियनसिपको अर्को राउन्ड, यी हुन् विजेता

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड २ सम्पन्न भएको छ । यससँगै रेसनारी राउन्ड ३ समेत सम्पन्न भएको छ । बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कुलमा शनिबार सम्पन्न सो रेसिङ च्याम्पियनसिप नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गरेको हो ।

यस अनुसार रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत नेसनलतर्फ श्रीहरी पौडेलले पहिलो स्थान हासिल गरे । त्यसैगरी दिलिप दनुवार दोस्रो र संस्कार विष्ट तेस्रो भए ।

नोभिसतर्फ सायल गजमेर विजयी बने भने क्रिसल थापा र सिमोन चौलागाई क्रमशः दोस्रो र तेस्रो बने ।

रेसनारीतर्फ वर्षा बस्नेत विजयी बनिन् भने नवाङ मोक्तान र सुरक्षा केसीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

यामाहा नेपालको मुख्य प्रायोजनमा भएको सो रेसिङ च्याम्पियनसिपमा यामाहा आरवान फाइभ सिरिजका मोटरसाइकल कुदाइएको थियो । यसमा टायर पार्टनर रेजमोटो टायर, सेफ्टी गियर पार्टनर कवच गियर रहेका थिए भने सेल लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट, द वन्डरल्यान्ड नेपाल, हिट्को, मोटो वर्ल्ड, टीएनएस मोटो नेपाल आदिको सहयोग रहेको थियो ।

उक्त च्याम्पियनसिपको मिडिया पार्टनरको रुपमा नेपाल अटो रहेको थियो ।

कार्यक्रम समापनको अवसरमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु र नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचारहरू

नासा नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: दसरथ रिसाल

नासा नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: दसरथ रिसाल

काठमाडौँ । नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) को नयाँ नेतृत्व चयन भएको छ।...

पोखरामा भव्य रुपमा सम्पन्न भयो मोटो इन्डुरो, विजेताले पाए लाखौ पुरस्कार

पोखरामा भव्य रुपमा सम्पन्न भयो मोटो इन्डुरो, विजेताले पाए लाखौ पुरस्कार

पोखरा – नेपालमै पहिलो पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भव्यताका...

सडक सुरक्षाको लागि राजनीतिक पार्टी तथा सरकारलाई सुझाव दिइने

सडक सुरक्षाको लागि राजनीतिक पार्टी तथा सरकारलाई सुझाव दिइने

काठमाडौं – आम निर्वाचनको संघारमा नेपलका सडक यातायातको क्षेत्रलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...