गुगल म्यापमा अब नयाँ सडकलाई समेत जोड्न सकिने, सडक चिन्न अब झनै सहज हुने

गुगल म्यापमा अब प्रयोगकर्ताले नयाँ सडक समेत जोड्न सक्ने भएका छन् । गुगल म्यापमा नयाँ फिचरको रुपमा यो सर्भिस हालै समावेश गरिएको छ । यसले गर्दा गुगल म्यापमा नभएका सडकलाई समेत प्रयोगकर्ताले जोड्न सक्ने छन् र धेरै सडक विस्तारै जोडिदै जाने छन् । यसको लागि गुगल म्यापमा नयाँ रोड एडिटिङ टुल समावेश गरिएको छ । सो टुलको मदतले म्याप अपडेट गर्न सकिन्छ । गुगलले ८० देशमा म्यापको अनुभवलाई उत्कृष्ट बनाउनको लागि एडिटिङको सुविधा प्रदान गरेको छ । युजरले यसमा गलत नाम हटाउने वा परिवर्तन गर्न समेत सक्ने छन् । गुगलका अनुसार सो म्याप सजिलै परिवर्तन गर्न सकिन्छ । यसको लागि सबैभन्दा पहिले म्याप्स डट गुगल डटकममा कुनै सडक गलत देखिएमा निम्न स्टेपको मदतले परिवर्तन गर्न सकिन्छ । सबैभन्दा पहिला साइड मेनु बटनमा क्लिक गर्नु पर्छ । यहाँ एडिट दि म्यापमा गएर मिसिङ रोड सेलेक्ट गर्नु पर्छ । यहाँ गएर म्यापलाई सजिलै एडिट गर्न सकिन्छ । यहाँ नभएको सडक जोड्न, नाम परिवर्तन गर्न, दिशा परिवर्तन गर्न र गलत सडकलाई हटाउन सकिन्छ । सो म्यापमा सडक कहिलेसम्म बन्द हुन्छ, बन्द हुनुको कारण, नयाँ सडकको दिशा र युजरको योगदानलाई पनि समावेश गर्न सकिनेछ । बालबालिकाहरु स्कुल वा घरमा पुगे वा पुगेनन् भन्ने समेत गुगल म्यापको मदतले हेर्न सकिन्छ । यसको लागि गुगल म्यापलाई मोबाइलमा डाउनलोड गर्नु पर्छ । सो म्याप एक मोबाइल फोनबाट अर्काे फोनमा कनेक्ट गर्न पनि सकिन्छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...