कारको रङले रिसेल भ्याल्यु देखि सुरक्षासम्म कसरी असर गर्छ? सही रङ रोज्ने सजिलो उपाय
नयाँ कार खरिद गर्दा मोडल, इन्जिन र सुविधापछि सबैभन्दा धेरै सोच्नुपर्ने...
चितवन - निरन्तरको वर्षासँगै पहिरोको जोखिम अत्यधिक बढेपछि स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवन क्षेत्रअन्तर्गत पर्ने पृथ्वी राजमार्गमा आज (आइतवार ) राति १० बजेदेखि सवारीसाधन सञ्चालन बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार चितवन, धादिङ तथा आसपासका जिल्लामा लगातार भइरहेको वर्षाका कारण सडकमाथिबाट पहिरो खस्ने जोखिम बढेको छ । यात्रु तथा सवारीसाधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै रातिको समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार रातिको समयमा वर्षा थप तीव्र हुने, दृश्यता कम हुने तथा आकस्मिक रूपमा पहिरो खस्न सक्ने भएकाले दुर्घटनाको जोखिम अत्यधिक रहने देखिएको छ । त्यसैले अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहानसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न सबै चालक तथा यात्रुलाई आग्रह गरिएको छ ।
सूचनामा अत्यावश्यक अवस्थामा यात्रा गर्नै परे स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सडक सुरक्षामा खटिएका सम्बन्धित निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ । अनावश्यक यात्रा नगर्न र मौसमको अवस्था बुझेर मात्रै सडक प्रयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
वर्षायामका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र सडक अवरोधका घटना बढिरहेका बेला नारायणगढ–मुग्लिन सडकखण्ड पनि उच्च जोखिमयुक्त क्षेत्रका रूपमा रहेको छ । विशेषगरी इच्छाकामना गाउँपालिका आसपासका पहाडी क्षेत्रमा वर्षा हुँदा पटक–पटक पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ ।
यसअघि पनि शनिबार राति यही सडकखण्डमा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको थियो । पछिल्ला दिनमा मौसममा सुधार नआएकाले प्रशासनले पुनः रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले सडकको वास्तविक अवस्था, मौसम पूर्वानुमान, वर्षाको तीव्रता तथा सम्भावित जोखिमको निरन्तर मूल्याङ्कन गरी आवश्यकताअनुसार थप निर्णय गरिने जनाएको छ । साथै यात्रु, चालक तथा यातायात व्यवसायीलाई यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र सुरक्षा सतर्कता पूर्ण रूपमा अपनाउन आग्रह गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...