१ हजार किलोमिटर सडक कालोपत्रे र २७५ पुल निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं–अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय ७५ वटा सडक पुल निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन् ।

बजेट वक्तव्यमार्फत अर्थमन्त्री वाग्लेले राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूको निर्माणलाई प्राथमिकता दिइएको बताए ।

सरकारले आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पूर्वाधारतर्फको विशेष प्राथमिकता उल्लेख गर्दै अर्थमन्त्रीले भने, ‘आगामी आर्थिक वर्षभित्रै कमला–कन्चनपुर र बुटवल–नारायणगढ सडक विस्तारको कार्य सम्पन्न गरिनेछ ।’

यी सडक खण्डहरू समयमै पूरा गरी यातायात आवागमनलाई सहज र सुरक्षित बनाउने सरकारको योजना छ ।

सम्बन्धित समाचारहरू

सिस्नेरी-दक्षिणकाली सडकखण्ड असोज १९ सम्म बन्द

सिस्नेरी-दक्षिणकाली सडकखण्ड असोज १९ सम्म बन्द

सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक...

लागुपदार्थ सेवन गरेर गाडी चलाउने ४ जना चालक पक्राउ

लागुपदार्थ सेवन गरेर गाडी चलाउने ४ जना चालक पक्राउ

काठमााडौं– दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले...

बाइक राइडरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

बाइक राइडरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं–नगरकोट जाने बाटोमा बाइक राइडर युवामाथि कुटपिट गर्ने व्यक्ति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...