बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
कुनै पनि सवारी साधनमा माइलेजको बढी महत्व हुन्छ । जति बढी पावरफुल इन्जिन हुन्छ गाडीको माइलेज त्यति नै कम हुन्छ । साथै चालकको ड्राइभिङ तरिकाले गर्दा पनि सवारीको माइलेजमा कमी आउन सक्छ ।
कारमा गलत तरिकाले गियर सिफ्टिङको कारणले गर्दा कारको माइलेज कम भएको हुन्छ । सही गियर सिफ्टिङले कारमा २० प्रतिशतसम्म माइलेज बढाउन सकिन्छ ।
कारको गियर परिवर्तन गर्दा आधि क्लच प्रेस गरिएको हुन्छ । यसले गर्दा इन्जिनले रेस्ट पाएको हुँदैन । यसले इन्जिन हिट पनि हुन सक्छ जसको असर माइलेजमा परेको हुन्छ । कारमा गियर परिवर्तन गर्दा क्लच पुरा दबाएर मात्र परिवर्तन गर्नु पर्छ ।
ड्राइभिङको समयमा हतारमा पहिलो गियरबाट टप गियरमा परिवर्तन गर्नु हुँदैन । कारलाई स्पिड लिनको लागि केही सेकेन्डको समय लागेको हुन्छ । गियर परिवर्तन गर्दा स्टेप बाई स्टेप परिवर्तन गर्नु पर्छ ।
गियर सेलेक्सन निकै महत्वपूर्ण हुन्छ । यसको अर्थ कुन समयमा कुन गियरमा कार चलाउनु पर्छ भन्ने बुझ्नु पर्छ । यसले पनि कारको माइलेज बढाउन सकिन्छ । कारको स्पिड र सडकको अवस्थालाई बुझेर गियर छान्नु पर्छ । हाइवेमा कार ड्राइभ गर्दा टप गियरमा र ग्रामीण क्षेत्रमा कार ड्राइभ गर्दा लो गियरमा ड्राइभ गर्नु पर्छ । यसले पनि कारको माइलेज बढाउन सकिन्छ ।
चाँडै गियर सिफ्टिङबाट जहिले पनि बच्नु पर्छ । केही चालकले विना कुनै कारण गियर परिवर्तन गरेको पाइन्छ । जसको कारणले गर्दा इन्जिनमा दबाव परेको हुन्छ । आवश्यक पर्दा मात्र गियर परिवर्तन गर्नु पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...