राइड एन्ड र्याफ्ट सम्पन्न, र्याफ्टिङ गरेर फर्किए राइडरहरु

काठमाडौं – कोरोना भाइरसको प्रकोपका बीच लामो समय बाहिर रमाइलो गर्न नपाएका बाइक राइडरहरु गत शुक्रबार र शनिबार पहिलो पटक रमाइलो गरेर फर्केका छन् ।

पहिलो पटक आयोजना गरिएको राइड एन्ड र्याफ्ट कार्यक्रममा बाइक राइडरहरु त्रिशुली नदीमा र्याफ्टिङ गरेर फर्किएका हुन् । उनीहरु बेलुकी रिभर फन बीच रिसोर्टमा विभिन्न तरिकाले रमाइलो गरेका थिए ।

सो कार्यक्रममा ६० जना भन्दा बढी राइडरको सहभागिता रहेको थियो । सबै ब्रान्डका बाइक राइडरहरुलाई सहभागी गराउने गरी यो कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने आयोजक मध्येका एक प्रमोद श्रेष्ठ गुफीले बताए ।

काठमाडौं लिजेन्ड्सको आयोजनामा भएको सो कार्यक्रमलाई विभिन्न कम्पनीहरुले समेत प्रायोजन गरेका थिए ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...