यस्तो हुनेछ रेनो काइगर, टिजर सार्वजनिक

रेनो इन्डियाको बहुप्रतीक्षित कार रेनो काइगरको टिजर सार्वजनिक भएको छ । सो टिजर ट्विटरमा लन्च गरिएको हो । कम्पनीले काइगरलाई ३ शब्दमा परिभाषित गरेको छ । कम्पनीले रेनो काइगरको अर्थ इनर्जी, फन र पावर भएको जानकारी दिएको छ । रेनो काइगर सबैभन्दा पहिला इन्डियामा लन्च हुनेछ ।

रेनो काइगरलाई रेनो फ्रान्स र रेनो इन्डियाको सयुक्त प्रयासमा तयार पारिएको हो । कम्पनीका अनुसार सो कार ट्राइबर जस्तै सीएमएफए प्लस प्लेटफर्ममा तयार पारिएको हो । रेनो इन्डियाका अनुसार काइगर रेनोको शो कार हो र एसयूभीको डिजाइनमा निर्माण गरिएको छ ।

रेनो काइगरको लुक स्पोर्टी र मोर्डन डिजाइनको रहेको छ । यसमा फुल एलईडी हेडलाइट, नियोन इन्डिकेटर लाइट, सी शेप भएको टेल लाइट्स, २१० एमएमको ग्राउन्ड क्लियरेन्स, १९ इन्चको ह्वील र रियर स्किड प्लेट्स उपलब्ध रहेको छ ।

रेनो काइगरमा नयाँ टर्बाे इन्जिन समावेश गरिएको छ । रिपोर्टका अनुसार सो एसयूभीमा एक १.० लिटर नेचुरली एस्पिरेटेड युनिटको रुपमा १.० लिटर टर्बोचाज्र्ड इन्जिन समावेश गरिएको छ ।

अनुमानित रिपोर्ट अनुसार सो कारको मूल्य ५ लाख ५० हजार देखि ९ लाख ५० हजार भारु हुने सम्भावना रहेको छ । सो कार २०२१ को शुरुवातमा भारतीय बजारमा लन्च गरिनेछ । रेनो काइगरको मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यु, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी३००, किया सोनेट र टोयोटा अर्बन क्रुजरसँग प्रतिस्पर्धा हुनेछ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...