नेपाल आउन नपाउदै भारतमा बढ्यो रेनो काइगरको मूल्य

नेपाल ल्याउने तयारी भइरहेको र बुकिङ खुल्ने समयमा निषेधाज्ञा भएका कारण रेनो काइगर नेपालमा आउन सकेको छैन । यसै सन्दर्भमा भारतमा भने यसको मूल्य वृद्धि भएको घोषणा गरिएको छ ।

भारतमा भेरिएन्ट अनुसार रेनो काइगरको मूल्यमा ३ हजार देखि ३३ हजार भारु सम्म मूल्य वृद्धि गरिएको छ ।

रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगर छिट्टै नै नेपाली बजारमा उपलब्ध गराउने बताएको छ । विशेषत युवा पुस्तालाई ध्यानमा राखेर रेनो काइगर बजारमा सार्वजनिक गरिएको हो । 

रेनो काइगर दुई पेट्रोल इन्जिन र तीन ट्रान्समिसन अपसनमा उपलब्ध हुनेछ । १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ भने १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९८ बीएचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यसलाई ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्समा सार्वजनिक गरिएको छ । रेनो क्विडबाट प्रेरित एसयूभी रेनो काइगरमा १६ इन्चको अलोय ह्विल दिइएको छ जसले गर्दा सो एसयूभी आकर्षक ड्युअल टोन डिजाइनमा देखिएको छ ।

रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ । त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ । यसका साथै काइगरमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका  फिचर पनि पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका...

क्विड, ट्राइवर र काइगरको मूल्य बढाउँदै रेनो

क्विड, ट्राइवर र काइगरको मूल्य बढाउँदै रेनो

रेनोले जनवरीदेखी भारतमा आफ्ना कारको मूल्य वृद्धि गर्ने भएको छ । जनवरीमा...

रेनोको शुभ कार.–रम्भ : दसैंमा रेनो कार किन्दा ३ लाख सम्म फाइदा

रेनोको शुभ कार.–रम्भ : दसैंमा रेनो कार किन्दा ३ लाख सम्म फाइदा

काठमाडौं – नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...