बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतमा रेनो काइगर एसयूभी लन्च हुने भएको छ । यो कम्पनीको पहिलो सब कम्प्याक्ट एसयूभी हो । जसलाई लेटेस्ट फिचर र कम मूल्यमा लन्च गरिने छ । रेनो काइगर सबकम्प्याक्ट एसयूभी सीएमएफ–ए प्लेटफर्ममा आधारित हुनेछ ।
सो एसयूभीको किया सोनेट, हुन्डाई भेन्यु, मारुती सुजुकी भिटारा ब्रेजा, निसान म्याग्नाइट र टाटा नेक्सनसँग कडा प्रतिस्पर्धा हुनेछ । निसान म्याग्नाइट केही दिनमै नेपाली बजारमा उपलब्ध हुनेछ । रेनो काइगर पनि आउने नै छ । त्यो भन्दा पहिले नेपाली बजारमा उपलब्ध हुन्डाई भेन्यु पनि यसको अर्को प्रतिस्पर्धि बन्न सक्छ ।
रेनो काइगर
रेनो काइगरमा १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरिने छ । जसले १०० पीएसको पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । काइगरमा ५ स्पिड म्यानुअल, ५ स्पिड अटोमेटिक र सीभीटी ट्रान्समिसनको विकल्प रहेको छ । फिचरको लागि सो एसयूभीमा अटोमेटिक एसी, ८ इन्च इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ र यो वायरलेस एप्पल कारप्ले र एन्ड्रोयड अटोको साथमा फुल्ली डिजिटल ड्राइभर डिस्प्लेको साथमा उपलब्ध हुनेछ । काइगरको सो सेगमेन्टमा ४०५ लिटरको बुट स्पेस पनि रहेको छ ।
निसान म्याग्नाइट
निसान म्याग्नाइटमा दुई इन्जिनको विकल्प रहेको छ । जसमा १.० लिटर र १.० लिटर टर्बाे पेट्रोल इन्जिन रहेको छ । यसको १.० लिटर पेट्रोल इन्जिनले ७१ बीएचपीको पावर र ९६ एनएमको टर्क जेनेरेट गर्छ ।
१.० लिटर टर्बाे इन्जिनले ९९ बीएचपीको पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । यी दुबै इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स रहेको छ । सो एसयूभीको टर्बाे पेट्रोल युनिटमा सीभीटी अटोमेटिक युनिटको विकल्प रहेको छ ।
फिचरको लागि सो एसयूभीमा एबीएस, ईबीडी, एचएसए, एचबीए, ८ इन्चको टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, रियर पार्किङ सेन्सर, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट रहेको छ ।
हुन्डाई भेन्यु
हुन्डाई भेन्युमा ३ इन्जिनको विकल्प रहेको छ । जसमा पहिलो १.५ लिटरको ४ सिलिन्डर टर्बाे डिजेल बीएस६ इन्जिन रहेको छ । जसले ९० बीएचपीको पावर र २२० न्युटन मिटरको टर्क जेनेरेट गर्छ । दोस्रो १.० लिटरको बीएस ६ टर्बाे पेट्रोल इन्जिन जसले ६ स्पिड म्यानुअल ट्रान्समिशन रहेको छ । तेस्रो इन्जिन १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन रहेको छ ।
फिचरको लागि सो एसयूभीमा एन्टी लक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्राइभर एयरब्याग, पावर विन्डो, फ्रन्ट प्यासेन्जर एयरव्यागको साथमा ब्लु लिंक टेक्नोलोजी जस्ता फिचर रहेको छ ।
मूल्य
नेपाली बजारमा निसान म्याग्नाइटको मूल्य ३० लाख हाराहारी हुने अनुमान छ । रेनो काइगर पनि यही हाराहारीमा उपलब्ध हुन सक्छ । हुन्डाई भेन्युको मूल्य ३६ लाख २६ हजार देखि प्रारम्भ हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...