यस्तो हुनेछ रेनो काइगर, केही दिनमै लन्च हुँदै

रेनो काइगर भारतमा लन्चको लागि तयारी अवस्थामा रहेको छ । रेनो इन्डियाले सबकम्प्याक्ट एसयूभी १५ फेब्रुअरीमा भारतीय बजारमा लन्च गर्दैछ । रेनोले चेन्नईको म्यानुफ्याक्चरिङ प्लान्टमा सब–४ मिटर एसयूभी प्रोडक्शन गरिरहेको छ । कम्पनीका अनुसार रेनो काइगरको डेलिभरी मार्च २०२१ देखि भारतभरी हुनेछ ।

नेपाली बजारमा पनि रेनो काइगर उपलब्ध हुनेछ । यसको चर्चा नेपाली बजारमा पनि शुरु भइसकेको छ ।

रेनो काइगर सबकम्प्याक्ट एसयूभी सीएमएफ–ए प्लेटफर्ममा काम गरिनेछ । सो प्लेटफर्ममा कम्पनीको रेनो ट्राइबर पनि उत्पादन हुन्छ । काइगरमा ईको, नर्मल र स्पोर्ट गरी ३ राइडिङ मोड रहेको छ । काइगर भारतीय बजारमा ६ रङमा उपलब्ध हुनेछ ।

रेनो काइगर १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन र १.० लिटर टर्बाेचाज्र्ड पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसको १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनले १०० पीएसको पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । साथै १.० लिटर टर्बाेचाज्र्ड पेट्रोल इन्जिनले ७२ पीएसको पावर र ९२ एनएमको टर्क जेनेरेट गर्छ । काइगरमा ५ स्पिड म्यानुअल, ५ स्पिड अटोमेटिक र सीभीटी ट्रान्समिशनको विकल्प रहेको छ ।

सो एसयूभीले किया सोनेट, हुन्डाई भेन्यु, मारुती सुजुकी भिटारा ब्रेजा र टाटा नेक्सनसँग कडा प्रतिस्पर्धा गर्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...