बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौ – नेपालका लागि रेनो गाडीको अधिकृत वितरक एडभान्स्ड अटोमोबाइल प्रालिले गत वर्षको असार देखि विराटनगरमा पूर्ण सुविधा सहितको २ तल्ले सोरुम ‘महावीर अटोमोबाइल्स’ सञ्चालनमा ल्याएको छ ।
यो रेनोको यस प्रकारको पहिलो सोरुम हो । अटोमोबाइल ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रेनोको नयाँ सोरुम गत वर्षको जुलाई १ तारिखबाट सञ्चालनमा आइसकेको छ ।
नयाँ सोरुममा रेनोको डस्टर, क्विड र क्याप्चर गाडीहरु उपलब्ध रहेका छन् । साथै नयाँ सोरुमले ग्राहकहरुलाई सेल्स, सर्भिस तथा स्पेयर पार्ट्सको पहुँचलाई सहज बनाउने छ ।
रेनोले देशभरका ग्राहकहरुलाई छिटो तथा थप गुणस्तरीय सेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको जनाउदै सदैव ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरिरहेको र ग्राहकहरुको रेनो गाडीप्रतिको बढ्दो मागले कम्पनीलाई यहाँसम्म आइपुग्न उत्प्रेरित गरेको बताएको छ ।
एडभान्स्ड अटोमोबाइलका डिलर म्यानेजर विपुल भट्टराईले यो रेनोको विराटनगरमा पहिलो पूर्ण सुविधा सहितको २ तल्ले सोरुम भएको बताउदै यसबाट समग्र प्रदेश नै विभिन्न तरिकाबाट लाभान्वित भइरहेको बताएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...