लहानमा खुल्यो रेनोको नयाँ शोरुम, गाडीका साथै पार्ट्स र एसेसरिज लगायतका सेवा पाइने
काठमाडौ – रेनोको नया शोरुम सोमबारबाट सिराहाको लहानमा सञ्चालनमा आएको छ ।...
रेनो इन्डियाले हालै सामाजिक सञ्जालमा रेनो अर्काना एसयूभीको तस्बिर सेयर गर्दै लेखेको छ we're ready for #movember ↼ ⇀. here's your cue to book yourself in for a check-up. have you come across it?
वार्षिक रुपमा आयोजना गरिने मोभेम्बर मुभमेन्टको समर्थनमा उक्त पोस्ट गरिएको भए पनि रेनो अर्कानाको तस्बिर समेत सार्वजनिक गरिएकाले रेनोले भारतमा सो एसयूभी ल्याउने तयारी गरिरहेको अनुमान गरिएको छ ।
रेनो अर्काना सन् २०१९ मा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध भइसकेको भए पनि भारत र नेपालमा अझै उपलब्ध छैन । यसका आधारमा सो एसयूभी अब भारतमा उपलब्ध हुने अनुमान गरिएको छ । नेपालमा पनि त्यसपछि उपलब्ध हुन सक्छ ।
रेनो अर्काना सीएमएफ–बी प्लेटफर्ममा बनेको छ, जुन प्लेटफर्ममा आगामी दिनमा रेनो डस्टर र निसान किक्स समेत उपलब्ध हुने बताइएको छ । उक्त एसयूभीमा ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ९.३ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, बोस साउन्ड सिस्टम आदि विभिन्न आधुनिक फिचर उपलब्ध छन् ।
रेनो अर्कानामा १.३ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन जडान गरिएको छ, जसले १५४ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यही इन्जिन भारतमा बिक्री हुने रेनो डस्टर र निसान किक्समा पनि प्रयोग गरिएको छ । यसमा सीभीटी अटोमेटिक गियरबक्स उपलब्ध छ ।
काठमाडौ – रेनोको नया शोरुम सोमबारबाट सिराहाको लहानमा सञ्चालनमा आएको छ ।...
रेनोले चाँडै नै आफ्नो बहुप्रतिक्षित मध्यम आकारको एसयूभी, नयाँ पुस्ताको...
नेपाल ल्याउने तयारी भइरहेको र बुकिङ खुल्ने समयमा निषेधाज्ञा भएका कारण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...