बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
बजाजले पहिले नै बन्द गर्ने औपचारिक घोषणा गरेको पल्सर १८० लाई फेरि बजारमा ल्याएको छ । गत वर्ष सेमी फेयर्ड पल्सर १८०एफ बजारमा ल्याएर पल्सर १८० बन्द गर्ने घोषणा गरिएको थियो । तर फेरि अब पल्सर १८० बजारमा आउने अर्को घोषणा भएको छ ।
पल्सर १८० अब २०२१ को मोडलमा उपलब्ध हुनेछ । यसमा स्प्लिट सिट, ब्ल्याक अलोय ह्विल र फाइभ–वे एड्जस्टेबल नाइट्रोक्स सक एबजर्बर हुनेछ । यसमा उही १७८.६ सीसी, एसओएचसी, टु भल्व इन्जिन हुनेछ जसले १७.०२ पीएसको पिक पावर र १४.५२ एनएमको टर्क जेनेरेट गर्छ ।
भारतमा यसको मूल्य १ लाख ८ हजार भारु तोकिएको छ, जुन पल्सर १५० ट्विन डिस्क भन्दा करिव ३ हजार भारु महंगो हो ।
बजाज पल्सर १८० लाई फेरि बजारमा ल्याउनुको कारण बजाजले प्रेस नोटमार्फत सार्वजनिक गरेको छ । बजाजका अनुसार स्पोर्ट्स बाइकिङ सेगमेन्टमा १८० देखि २०० सीसीका बाइकको २० प्रतिशत बजार हिस्सा छ ।
पछिल्लो समयमा होन्डा हर्नेट १८० र टीभीएसका विभिन्न अपाचे सिरिजले समेत यो सेगमेन्टको बजारलाई बढाइरहेका छन् । त्यसैले बजाजले फेरि पल्सर १८० लाई बजारमा उपलब्ध गराएको बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...