२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?
एक नयाँ अध्ययन अनुसार, विद्युतीय सवारीको बिक्री यो वर्ष ३० प्रतिशतले...
काठमाडौं - गत असार २३ गते रसुवामा अविरल वर्षासँगै आएको बाढी र पहिरोले बगाएका ६४ सवारीसाधनमध्ये अहिलेसम्म केहीको मात्र बीमा दाबी परेको खुलेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन १ गतेसम्म जम्मा ४३ वटा सवारीसाधनको बीमा दाबी दर्ता भएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उक्त दिन २३ वटा मालवाहक कन्टेनर, ६ वटा ट्रक तथा ३५ वटा नयाँ विद्युतीय सवारीसाधन बग्न पुगेका थिए। यद्यपि, बीमा प्राधिकरणको तथ्यांकअनुसार हालसम्म सार्वजनिक मोटर बीमामा ३२ र निजी मोटर बीमामा ११ वटा दाबीमात्रै दर्ता भएका छन्।
प्राधिकरणका अनुसार सार्वजनिक मोटर बीमाका लागि २३ करोड १५ लाख रुपैयाँ र निजी मोटर बीमाका लागि ११ करोड ७५ लाख रुपैयाँ बराबरको क्षतिपूर्तिको दाबी आएको छ। यसअनुसार कुल ३४ करोड ९० लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको हो।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य अनुपकुमार बरालका अनुसार बाढी–पहिरोमा परेका सबै सवारीसाधनको क्षतिको विवरण अझै संकलन भइसकेको छैन। त्यही कारणले पनि बीमा दाबीको संख्या कम देखिएको हुनसक्ने उनी बताउँछन्।
बरालका अनुसार गाडी भन्सारबाट पास गरेर यार्डमा राखिसकेपछि बीमा नहुने अवस्थाले पनि व्यवसायीलाई थप जोखिममा पार्ने गरेको छ। ‘गाडी आयात गर्दा भन्सारसम्मको बीमा गरिन्छ, तर भन्सार पास गरेपछि यार्डमा राखिएको अवस्थामा बीमा नहुने हुँदा यस्ता गाडी दुर्घटनामा परेमा बीमा दाबी गर्न मिल्दैन,’ उनले बताए।
बरालले यार्डबाट शोरूममा पठाउँदा मात्रै पुनः बीमा गरिने प्रचलन रहेको उल्लेख गर्दै भन्सारपासपछि यार्डमा रहेको अवस्था पनि बीमा दायरामा ल्याउनुपर्नेमा जोड दिए। ‘यदि यार्डमै गाडी क्षतिग्रस्त भए भने व्यवसायीले करोडौंको क्षति बेहोर्नुपर्छ,’ उनले भने।
एक नयाँ अध्ययन अनुसार, विद्युतीय सवारीको बिक्री यो वर्ष ३० प्रतिशतले...
सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने...
काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले फोटोन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...