नेपालको एक मात्र रेसिङ सर्किटको भोली औपचारीक समुद्घाटन हुने

धुलिखेलमा अवस्थित नेपालको एक मात्र रेसिङ सर्किट ‘अल्टिमेट हिमालयन मोटरल्यान्ड’ को भोली औपचारीक समुद्घाटन हुने भएको छ । नेपालमा अटो स्पोर्टस्लाई संस्थागत गर्दै यस क्षेत्रमा रुची राख्ने खेलाडीलाई उचित प्लाटफर्म उपलव्ध गराउन नासा नेपालले बिगत लामो समयदेखी यसको निर्माण कार्य जारी राखेको थियो । निर्माण कार्य सम्पन्न भएपछि भोली धुलिखेल नगरपालिकका मेयर, राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधी र नेपाल अटोमोबाइल एसोसियसन(नासा)का पदाधिकारीको उपस्थितीमा सर्किटको औपचारिक उद्घाटन गरिने भएको हो ।

अल्टिमेट हिमालयन मोटरल्यान्डका अध्यक्ष अनिल बरालका अनुसार सो अबसरमा अटोमोबाइल संबद्ध राष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गरिनेछ । सर्किटको उद्घाटन पश्चात कार्ट सम्वन्धि प्रशिक्षण समेत शुरु गरिनेछ । त्यसैगरी खेलाडीहरुलाई सर्टिफाइड गरिने र सन् २०२१ मा आयोजना गरिने स्पोर्टस् तथा कार्यक्रमको समेत सार्बजनकिकरण गरिने बरालले बताए ।

सर्किट सञ्चालनमा आएपछि नेपालमा अटो स्पोर्टससंग सम्वन्धित खेलाडीहरु उत्पादन गर्न सहज हुने उनको भनाई छ । उनले भने, ‘यसअघि उचित पूर्बाधार अभावका बाबजुत पनि नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई सफलता हात पार्दै आइरहेका थिए । तर, अब सुबिधासम्पन्न सर्किट निर्माण भएसंगै खेलाडीहरुलाई अभ्यासका लागि उचित प्लाटफर्म मिल्ने र यसले भोलिका दिनमा थप सफलता हात पार्न मद्धत मिल्नेछ ।’

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...