नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
पोखरा–२५ औँ माछापुच्छ्रे फुल कन्ट्याक्ट कराँते तथा सातौँ राष्ट्रिय क्योकुशिन कान कराँते प्रतियोगितामा रेसिङ अटोमोबाइल्स प्रालिले प्रायोजकका रूपमा सहयोग गरेको छ ।
२०८२ साल पौष ३० गतेदेखि माघ १ गतेसम्म पोखरामा सम्पन्न प्रतियोगितामा सहभागी निर्णायक, रेफ्री तथा खेलाडीहरूलाई कम्पनीले जर्सी सहयोग गरेको हो ।
जर्सी वितरण कार्यक्रममा रेसिङ अटोमोबाइल्सका सञ्चालक रुद्र ढुंगेलले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए । साथै, प्रबन्ध निर्देशक प्रबीन लामिछानेले अनुशासन, आत्मबल र शारीरिक क्षमताको विकासमा कराँतेजस्ता खेलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा पनि खेलकुद र खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आयोजकका अनुसार रेसिङ अटोमोबाइल्सको सहयोगले खेलाडीहरूको मनोबल उच्च हुनुका साथै प्रतियोगिता थप व्यवस्थित र प्रभावकारी बन्न सफल भएको छ । प्रतियोगितामा देशभरका विभिन्न तौल समूहका कराँते खेलाडीहरूको सहभागिता रहेको थियो ।
काठमाडौँस्थित रेसिङ अटोमोबाइल्स प्रालि अटोमोटिभ तथा निजी सवारीसाधनको कारोबार गर्ने एक प्रतिष्ठित कम्पनी हो, जसले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आईरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...