बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
ग्रामीण क्षेत्रमा कार ड्राइभ गर्दा विशेष ध्यान दिनु पर्छ । विशेषगरी ग्रामीण क्षेत्रमा कार ड्राइभ गर्दा कारको टायर कुनै पनि समयमा पन्चर हुने खतरा बढी हुन्छ ।
यद्यपि सहरी क्षेत्रमा समेत आवश्यकता अनुसार आफै नै पन्चर टायरलाई मर्मत गर्नु राम्रो हुन्छ ।
यदि पन्चर हुने ठाउँमा मेकानिक नभएमा चालक आफैले टायर परिवर्तन गर्नु पर्ने हुन्छ । यसको लागि केही ग्याजेट सधै आफूसँग राख्नु पर्छ । ती ग्याजेटको सहयोगले ५ मिनेट भित्रै पन्चर टायर परिवर्तन गर्न सकिन्छ ।
पन्चर रिपेयर किट
बजारमा पन्चर रिपेयर किट सजिलै पाउन सकिन्छ । जसको प्रयोग सजिलै गर्न सकिन्छ । यसको मूल्य पनि सस्तो हुन्छ । सो किट साइजमा पनि सानो हुने भएकाले यो हरेक ठाउँमा सजिलै लान सकिन्छ ।
पोर्टेबल एयर कम्प्रेसर
पोर्टेबल एयर कम्प्रेसर कारको टायरमा हावा भर्नको लागि विशेष प्रयोग गरिन्छ । सो एयर कम्प्रेसर कारको यूएसबी पोर्टमा लगाएर प्रयोग गर्न सकिन्छ । कारको टायर पन्चर हुँदा एयर कम्प्रेसरको मदतले टायरमा हावा भर्न सकिन्छ । यो बजारमा सजिलै किन्न सकिन्छ । एयर कम्प्रेसर आकारमा सानो हुन्छ र सजिलै यताउता लान पनि सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...