पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौं – नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य बढाएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको समेत भाडादर बढेको सूचना सार्वजनिक गरेको छ ।

विभागको पहिलेकै निर्णय अनुसार स्वचालित प्रणाली अनुसार भाडादर बढाइएको हो । यस अनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतको दरले भाडादर वृद्धि गरिएको छ ।

नेपाल आयल निगमले राति १२ः ०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।

निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।

सम्बन्धित समाचारहरू

विश्वको सबैभन्दा अग्लो सडकको भयो उद्घाटन, गिनिज बुकमा दर्ता

विश्वको सबैभन्दा अग्लो सडकको भयो उद्घाटन, गिनिज बुकमा दर्ता

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको सडकको उद्घाटन भएको छ । सो सडक १९ हजार...

आईपीएल २०२५ मा शतक प्रहार गरेका वैभव सूर्यवंशीलाई मर्सिडिज बेन्ज उपहार

आईपीएल २०२५ मा शतक प्रहार गरेका वैभव सूर्यवंशीलाई मर्सिडिज बेन्ज उपहार

आईपीएल २०२५ मा सोमवार जयपुरमा भएको राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको...

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

अमेरिकी राष्ट्रपति लिन्डन वि जानसनको निमन्त्रणामा २०२४ साल कार्तिक १५ गते...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...