निषेधाज्ञाको असर : स्थगित भयो भोलि हुने भनिएको प्रोटोन एक्स७० को भर्चुअल लन्च

काठमाडौं – भोलि अर्थात बैशाख १५ मा हुने घोषणा गरिएको प्रोटोन एक्स७० को भर्चुअल लन्च स्थगित भएको छ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक सुचना प्रकाशित गरी यसको जानकारी गराएको छ ।

सरकारले बैशाख १६ गते देखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञालाई मध्यनजर गरी सो कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

मलेसियामा १.८ टीजीडीआई इन्जिनमा प्रोटोन एक्स७० उपलब्ध छ । नेपाली बजारमा भने प्रोटोन एक्स७० १.५ लिटर टीजीडीआई टर्बोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध छ, जसले २५५ एनएमको टर्क जेनेरेट गर्छ । यो सेगमेन्टमै सबैभन्दा धेरै टर्क हो । त्यसैगरी भल्वो र जिलीको सहकार्यमा विकास गरिएको र यसमा भएको ७–स्पिड डीसीटी ट्रान्समिसनले थोरै सिफ्ट रेस्पोन्स टाइममै धेरै इफिसियन्सी दिन्छ । नेपाली सडकलाई उपयुक्त हुने गरी यसमा टु ह्विल र फोर ह्विल दुवै ड्राइभ अप्सन प्रयोग गर्न सकिने बनाइएको छ ।

अन्तर्राष्ट्रिय मिडिया र कम्पनीको वेबसाइटमा उल्लेख गरिए अनुसार यो गाडीमा ६ एयरब्याग, ईबीएस र बीए सहितको एबीएस, अटो हेडलाइट र वाइपर, फ्रन्ट डोर ह्यान्डलमा रहेको एक्टिभ टच सेन्सर सहितको किलेस इन्ट्री, पुस स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टम सहितको क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिकल्ली फोल्डेबल विङ मिरर, एलईडी डीआरएल सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी फगल्याम्प र १८ इन्चको अलोय ह्विल आदि फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

आपाचे आरटीआर १६० भीफोरको नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र फिचर

आपाचे आरटीआर १६० भीफोरको नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं– टीभीएस मोटरले नेपाली बजारमा आपाचे आरटीआर १६० भीफोर एफआई...

युनिराइड बन्यो टीभीएसको ‘बेष्ट डेब्यु डिलर’

युनिराइड बन्यो टीभीएसको ‘बेष्ट डेब्यु डिलर’

काठमाडौं – स्थापनाको छोटो समयमै ललितपुरको महालक्ष्मीस्थानस्थित टीभीएसको...

धेरै माइलेज दिने बाइकको खोजी : पाँच ब्रान्डका १२५ सीसी मोटरसाइकलको यस्तो छ माइलेज र मूल्य

धेरै माइलेज दिने बाइकको खोजी : पाँच ब्रान्डका १२५ सीसी मोटरसाइकलको यस्तो छ माइलेज र मूल्य

पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेपछि निजी सवारी प्रयोगकर्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...