प्रोटोन भित्र्याउन जगदम्बा मोटर्स उत्साहित

काठमाडौं - जगदम्बा मोटर्स चारपांग्रे सवारी नेपाल भित्र्याउने तयारीमा छ । दुई र तीनपांग्रे सवारी बिक्री गर्दै आएको कम्पनीले मेलेसियाली कम्पनी प्रोटोनको आधिकारित विक्रेता नियुक्त भएको हो ।

कम्पनीले मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनको ‘प्रोटोन सागा’ नेपाली बजारमा उपलब्ध गराउनेछ । नेपाली चारपांग्रे सवारी पारखीका लागि कम्पनीले नयाँ अन्तराष्ट्रिय विकल्प प्रस्तुत गर्न लागेको हो ।

जगदम्बाले यसअघि टीभीएसको स्वामित्व ग्रहण गरेर नेपाली अटोमोबाइल बजारमा टीभीएसको बजार विस्तार गरेको थियो । कम्पनीले टीभीएसको मोटरसाइकल तथा स्कुटरका साथै टीभीएस किङ (तीनपांग्रे अटो) र एडनक लुब्रिकेन्टस् नेपालमा बिक्री गर्दै आएको छ ।

टीभीएसमार्फत जगदम्बा मोटर्सको सफलता पछाडि यसको गुणस्तरीय सेवा र देशैभर फैलिएका डिलरमार्फत् स्तरीय ग्राहक सेवा र सम्बन्ध हुन् । सोहीअनुरुप प्रोटोनलाई विशेष प्राथमिकताका साथ् अघि लैजाने योजना गरेको जगदम्बाको छ । कम्पनीले प्रोटोनबाट पनि टीभीएस अनुरुपकै सफलता हासिल गर्ने विश्वास लिएको दाबी गरेको छ ।

हाललाई काठमाडौंको शोरुममार्फत् प्रोटोनको ‘प्रोटोन सागा’ मोडल नेपालमा उपलब्ध गराइनेछ । मोटर्सले आउँदा दिनमा सेवालाई थप विस्तार गर्दै पोखरा, विराटनगर, वीरगन्ज, धनगढी, नेपालगन्ज, इटहरीलगायत सहरमा आफ्नो डिलर र सर्भिस सेन्टर सुरु गर्ने दीर्घकालीन रणनीति बनाएको छ । साथै प्रोटोनका अन्य चर्चित मोडल पनि ग्राहकका चाहना र मागबमोजिम क्रमबद्ध रुपमा नेपाल भित्र्याउने जगदम्बाको योजना छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...