दशैं मनाउन राजधानीबाट पाँच दिनमा बाहिरिए एक लाख ८९ हजार यात्रु
काठमाडौं – मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि...
काठमाडौं–गत शनिबार र शुक्रबारको अविरल वर्षापछि राजधानी प्रवेशको लाइफलाइन मानिने पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन पूरै अवरुद्ध भएको छ ।
सडकमा रोकिएका सवारी गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाइएको थियो । अहिले पृथ्वी राजमार्गमा सवारी आवागमन प्रायः शून्यजस्तै बनेको छ ।
बेनीघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब ८ः३० बजे पहिरोले सडक अवरुद्ध भएको छ । यसैगरी थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी–६ जहरेखेत र बेनिघाट रोराङ–१० जवाङखोला क्षेत्रमा पनि पहिरो खसेको छ ।
आज बिहानै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी पहिरो जोखिमका कारण राजमार्गको यात्रामा ननिस्कन र सूचनाको पूर्ण पालना गर्न यातायात व्यवसायी र यात्रुलाई आग्रह गरेको छ ।
त्रिभुवन राजपथको नागढुंगा नौबिसे, पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडकको केही स्थान क्षतविक्षत बनेको छ । भलपानीले सडकमा थुपारेको गेग्रानले पनि सवारी सञ्चालन गर्न मुस्किल छ ।
सडक अवरुद्ध हुने गरी पहिरो नझरेको स्थानमा पनि ढुंगा खस्ने र सडकमा बजारिने उच्च जोखिम छ । यसरी खसेको ढुंगा गुडिरहेको सवारीमा नबजारियोस् र मानवीय क्षति नहोस् भन्नाको लागि पनि पूर्ण रुपले सवारी आवागमनमा रोक लगाइएको हो ।
पृथ्वी राजमार्गमा अहिले स्थानीय बासिन्दा अत्यावश्यक काममा मात्र आवतजावत गर्दैछन् भने एक जिल्लाबाट अर्को जिल्ला पुग्ने लामो दूरीका सवारीसाधन राजमार्गमा गुडेका छैनन् ।
काठमाडौं – मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि...
दाङ । एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गको ४० किमी लामो धानखोला – लमही...
झापा – एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...