महंगो डलर प्रभाव : हुन्डाई कोनाको बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको इलेक्ट्रिक कार हुन्डाई कोनाको मूल्य बढेको छ । नयाँ मूल्य सूची अनुसार कोना इलेक्ट्रिकका दुई भेरिएन्ट मध्ये जीएलको मूल्य ६० लाख ५६ हजार र जीएलएसको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

पहिले यी दुई भेरिएन्टको मूल्य क्रमशः ५७ लाख ९६ हजार र ६० लाख ९६ हजार रुपैयाँ थियो । यस अनुसार दुई भेरिएन्टमा क्रमशः २ लाख ६० हजार र २ लाख रुपैयाँ मूल्य बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउमा भएको वृद्धिको असरका कारण मूल्य बढाउनु परेको कम्पनी स्रोतको भनाइ छ । हुन्डाई कोनामा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग भएको छ । बजेटमार्फत १०० किलोवाट क्षमता सम्मका गाडीमा कर नबढाइएकाले त्यसको असर समेत परेको थिएन ।

हुन्डाई कोना नेपाली बजारमा राम्रो बिक्री भइरहेको सवारी साधन हो ।

सम्बन्धित समाचारहरू

७२० किलोमिटर रेन्ज दिने चेरीको नयाँ इलेक्ट्रिक सेडान सार्वजनिक

७२० किलोमिटर रेन्ज दिने चेरीको नयाँ इलेक्ट्रिक सेडान सार्वजनिक

चिनीयाँ अटो निर्माता चेरीले नयाँ इलेक्ट्रिक कार ‘एक्सिड स्टेरा’...

सिंगल चार्जमा ८५७ किमी रेन्ज दिने मर्सिडिज बेन्जको इलेक्ट्रिक कार

सिंगल चार्जमा ८५७ किमी रेन्ज दिने मर्सिडिज बेन्जको इलेक्ट्रिक कार

मर्सिडीज बेन्ज ईक्युएस ५८० शानदार रेन्जको लागि निकै लोकप्रिय एसयूभी हो ।...

मर्सिडिज ईक्‍युएसको सेलिब्रेसन संस्करण लन्च, यस्तो छ रेन्ज र फिचर

मर्सिडिज ईक्‍युएसको सेलिब्रेसन संस्करण लन्च, यस्तो छ रेन्ज र फिचर

मर्सिडिज बेन्जले भारतमा इलेक्ट्रिक एसयूभी ईक्‍युएसको नयाँ सेलिब्रेसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...