बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा उपलब्ध मोटरहेडको स्पोर्ट्स मोडलको मूल्यमा वृद्धि गरिएको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले यो बाइकको मूल्य वृद्धि भएको बताएको छ ।
अफरोड र रोड गरी दुई भर्सनमा उपलब्ध मोटरहेड बाइकको मूल्यमा ८ हजार र ५ हजार रुपैयाँ वृद्धि गरिएको छ । अब अफरोड टायरयुक्त स्पोर्ट्स मोडलको मूल्य ३ लाख ६८ हजार र रोड टायरयुक्त मोडलको मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।
त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मुल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ ।
ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्कमार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइरहेकोछ ।
काठमाडौं बाहिर बनेपा, नेपालगञ्ज, चितवन, वीरेन्द्रनगर, वीरगन्ज, तुलसीपुर, पोखरा, इटहरि, बागलुङमा कम्पनीले डिलर विस्तार गरिसकेको छ । बुटवलको योगिकुटी सहित देशका अन्य मूख्य शहरमा पनि डिलर विस्तारको तयारीमा कम्पनी रहेको जनरल म्यानेजर उज्ज्वल जोशीले जानकारी दिए ।
,
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...