सम्झनुहोस् यो शुत्र POWDER, जसले तपाईको सवारीको खर्च घटाउँछ, दुर्घटनाबाट बचाउँछ

    नेपालमा दिनहुँजसो मृत्युजन्य सवारी दुर्घटना हुने गर्छन् । सवारी दुर्घटना हुनुमा धेरै कारण जिम्मेवार हुन्छन् । भौगोलिक विकटतासँगै हाम्रा अधिकांश राजमार्ग तथा सडक खण्डहरू पहाडी इलाकामा छन् । त्यसैले, स्वाभाविक रूपमा धेरैजसो दुर्घटना पनि यही क्षेत्रमा हुने गरेको पाइन्छ । नेपालमा सवारी दुर्घटनाबाट दैनिक ६ देखि ८ जनाको मृत्यु तथा ६५ जना भन्दा बढी घाइते हुने गरेका छन् भने दैनिक १ सय भन्दा बढी सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । सवारी दुर्घटना रोक्न सरकार, नेपाल प्रहरी, यातायात व्यवसायी लगायत सरोकारवाला निकायले पहल गर्दै आएका छन् । तर पनि दुर्घटना रोक्ने प्रयासमा आशातित सफलता प्राप्त हुन सकिरहेको छैन । आउनुहोस् आजको यो श्रृंखलामा हामी एउटा शुत्रबारे जानकारी राखौं, जसले तपाइको सवारीे मर्मतको खर्च घटाउनुको साथै तपाइलाई अनाबश्यक हैरानी र सम्भावित दुर्घटनाबाट समेत बचाउन मद्दत पु¥याउँछ ।

त्यो सम्झनु पर्ने शुत्र हो - POWDER
P = Petrol अर्थात इन्धन
तपाइको इच्छित यात्रा अथवा गन्तब्यमा पुग्नको लागि आफ्नो सवारी साधनमा पर्याप्त मात्रामा इन्धन (पेट्रोल, डिजेल, ग्याँस, ब्याट्री चार्ज) छ कि छैन यकिन गर्नुहोस् । यदि छैन भने समयमै इन्धनको ब्यवस्थापन गर्नुहोस् । समयमै ब्यवस्थापन गर्नु भएन भने बाटोमा दुःख पाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।

O = oil  अर्थात तेल
तपाईको सवारी साधनमा बिभिन्न किसिमका इन्जिन आयलको प्रयोग भएको हुन्छ । कही कतै यात्रामा जाँदा ती इन्जिन आयल ठीक मात्रामा छन् कि छैनन् ? त्यसको नियमित चेकजाँच गर्नु आवश्यक छ । ब्रेक आयल, इन्जिन आयल, गियर आयल, पावर स्टेयरिङ आयल, क्लच फ्लुइड आदिको राम्रोसँग चेकजाँच गर्नुपर्दछ । यदि यी कुरालाई वेवास्ता गरियो भने सवारी साधनमा ठूला समस्या आउने मात्र होइन, यसका कारण दुर्घटना समेत हुन सक्छ ।

W =  Water अर्थात पानी
सवारी साधनको इन्जिनलाई तातिन अथवा हिट हुनबाट बचाउनको निमित्त कुलेन्ट अथवा पानीको प्रयोग गरिन्छ । यदि रेडिएटरमा पानी नभएको अवस्थामा पनि सवारी साधन चलाइयो भने यसबाट इन्जिन ओभरहिट भएर इन्जिन बिग्रन सक्छ जसको मर्मतमा धेरै खर्च समेत लाग्छ । त्यसैले सवारी साधन लिएर निस्कनु अघि रेडिएटरमा कुलेन्ट वा पानीको अवस्था, ब्याट्रीमा डिस्टिल्ड वाटरको अवस्था कस्तो छ ? राम्रोसँग चेकजाँच गर्नुपर्दछ । त्यस्तै, यात्राका क्रममा बिभिन्न खालको बाटोको प्रयोग गर्नुपर्ने हुन्छ, धुलाम्मे बाटोको प्रयोग पश्चात विन्डस्क्रिन सफा गर्न विन्डशिल्ड वाइपरका लागि समेत पानीको आवश्यकता पर्दछ ।

D = Damage अर्थात खराबी
सवारी साधन लिएर निस्कनु पूर्व पार्किङमा राखिएको सवारी साधनमा कुनै खराबी जस्तै टायर पन्चर भएको अवस्था छ कि ? बत्ती, बत्ती कभरहरु टुटफुट छन् कि त्यसको ख्याल गर्नुपर्दछ । त्यस्तै आफ्नो सवारी साधनमा कुनै खराबीहरु देखापरेका छन् भने त्यसको समयमै मर्मत सम्भार समेत गर्नुपर्दछ । पछि बनाउँला, समय मिलेमा बनाउँला, अहिले चलिराखेकै छ भनेर वेवास्ता गरियो भने अन्ततः यसैका कारण सवारी दुर्घटना हुनसक्छ, मर्मत लागत झन धेरै बढ्न जान्छ । तसर्थ कुनै खराबीहरु छन् भने त्यसलाई वेवास्ता नगरी समयमै त्यसको मर्मत गर्नुपर्दछ ।

E = Electricity अर्थात बिद्युत
तपाईले ध्यान दिनुपर्ने अर्को कुरा बिद्युत हो । जस अन्र्तगत तपाईले आफ्नो सवारी साधनको बाहिरी बत्तिहरु जस्तै हेडलाइट, साइड लाइट, ब्रेक लाइट, फग लाइट, पार्किग लाइट, ब्याक लाइट टेल लाइट आदिको राम्रोसँग चेकजाँच गर्नुपर्छ । त्यस्तै ड्यासबोर्डको बत्तिहरु र यसले गरेका निर्देशन र संकेतको बारेमा पनि ध्यान दिनु पर्दछ । यदि ती लाइटहरुको अवस्था ठीक छैनन् भने ट्राफिक चेकजाँचको क्रममा कारबाहीको भागीदार बन्नु पर्ने मात्र होइन यसैका कारण तपाईले अनाबश्यक हैरानी खेप्नुपर्ने तथा दुर्घटनाको समाचार बन्नुपर्ने हुनसक्छ ।

R = Rubber
सवारी साधन लिएर गन्तब्य तय गर्नु पूर्व ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा हो R अर्थात Rubber । आफ्नो साधनको टायरको अवस्था कस्तो छ ? यदि एकदमै खिइसकेको अवस्था छ भने त्यसलाई परिवर्तन गर्नुहोस् । खिइएका वा ग्रिप नभएका टायरले Breaking Distance बढाउँछ । ओसिलो वा भिजेको सडकमा यसले झन् जोखिम बढाउँछ, दुर्घटनाको सम्भावना बढेर जान्छ । त्यसैगरी स्पेयर टायरको अवस्था कस्तो छ ? वाइपरको रबर ब्लेड, पेडल रबरहरुको अवस्था कस्तो छ त्यसमा पनि बिशेष ध्यान दिनुपर्दछ ।

यसरी यात्रामा निस्कनु पूर्व तपाईले यो POWDER को शुत्र अनुसार आफ्नो सवारीको चेकजाँचसँगै आफू स्वयं पनि कतै अनिदो, अत्यधिक थकान, तनावमा, औषधि सेवन, मादक पदार्थ सेवनका साथै अत्यधिक खुशी, अत्यधिक पीडाको अवस्थामा पो हुनुहुन्छ कि ? यी कुराहरुलाई समेत ख्याल राखेर यात्रामा निस्कनु भयो भने मात्रै धेरै हद सम्म तपाईको यात्रा अनि गन्तब्य सहज अनि सुरक्षित हुने मात्र होइन, यसको नियमित चेकजाँचले तपाईको सवारीमा हुने अनाबश्यक खर्च घटाउन समेत अवश्य मद्दत पुग्नेछ । 

बिष्णु थापा

सम्बन्धित समाचारहरू

आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

काठमाडौं – निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन...

सडक मर्मतको क्षेत्रमा बजेट बढाइने, सडक सुरक्षाका लागि विभिन्न कार्य गरिने

सडक मर्मतको क्षेत्रमा बजेट बढाइने, सडक सुरक्षाका लागि विभिन्न कार्य गरिने

काठमाडौं – आगामी आर्थिक वर्षमा सडक मर्मतको क्षेत्रमा बजेट बढाइने र करिव...

तपाईको सवारी साधनको कागजपत्र हरायो ? यसरी अनलाइन प्रणाली मार्फत लिनुस् प्रतिलिपि सिफारिस

तपाईको सवारी साधनको कागजपत्र हरायो ? यसरी अनलाइन प्रणाली मार्फत लिनुस् प्रतिलिपि सिफारिस

कहिलेकाहिं हतारको यात्रा तय गर्दै गर्दा र कागजपत्र बोक्न बिर्सदा अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...