किकबाट बाइक स्टार्ट नभएमा यसो गरौ
लामो समयको अन्तरालमा बाइक स्टार्ट गर्नु खोजेमा बाइक सजिलै स्टार्ट हुँदैन...
बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४औ महाअधिवेशनबाट निर्वाचित पदाधिकारीको पद हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरेले मैनावगर अटो भिलेज क्षेत्रले फड्को मारेको वताउदै प्रत्येक अटोल्यान्डमा मेकानिक्स चाहिने भएकाले अब जनशक्ति निर्माणमा जोडदिन आवश्यक रहेको वताए । अटो क्षेत्र सागुरिदै गएकोले यसवारे सम्बन्धित निकाय नगरपालिकाले ध्यानदिन आवश्यक रहेको चर्चा गर्दै यस क्षेत्रमा निर्माण हुन लागेको कोरिडर अटोभिलेजलाई असर पार्ने गरि निर्माण हुन नहुनेमा समेत प्रमुख अतिथि गैरेले जोड दिए ।
नव निर्वाचित अध्यक्ष तुल्सिराम न्यापानेले विगतका महत्वपूर्ण अधुरा कामलाई निरन्तरता दिदै अटो भिलेजको विकासमा स्पष्ट योजना वनाएर अगाडि बढ्ने प्रतिवद्वता जनाए ।
अटो भिलेज सुन्दर घर हो, अटो भिलेज मास्ने गरेर काम हुन नहुने वताउदै यसमा सवै अटो व्यवसायी गम्भीर हुनपर्ने कुरामा समेत नब निर्वाचित अध्यक्ष न्यौपानेले जोड दिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष बाबुलाल पाण्डेले सवैको सहयोगवाट आफ्नो कार्यकालमा धेरै महत्वपूर्ण काम भएको वताउदै नयाँ नेतृत्वलाई सक्दो सहयोग गर्ने वताए ।
सो अवसरमा सस्थापक अध्यक्ष खडक बहादुर गौतम, सल्लाहकार टंक पोखरेल, पूर्व अध्यक्ष प्रेम फौदार, नेका बुटवल नगर सभापति खेलराज पाण्डे, नेकपा एमालेका राजेन्द्र ढकाल, नेकपा माओवादीका पुष्पराज ढकाल लगायतले वोल्दै ब्यवसायीलाई विस्थापित हुनबाट रोक्न जरुरी रहेको चर्चा गर्दै यस क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन आवश्यक रहेको सुझाव दिए ।
प्रमुख निर्वाचन अधिकृत सालिग्राम बन्जाडे र निर्वाचन अधिकृत दामोदर खनालले नव निर्वाचित पदाधिकारीलाई पदस्थापन तथा सपथ गराएका थिए ।
नव निर्वाचित समितिमा उद्योग उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र वाणिज्य उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ रहेका छन् । महासचिवमा ध्रुवराज भुसाल, कोषाध्यक्षमा चिन्तामणि खनाल र सचिवमा पूजा गैरे तथा सदस्यहरुमा देवीकला पौडेल, राजेशकुमार जोशी, पोषराज अर्याल, सुशील पाण्डे, शिशुमाया अर्याल, युवराज ढकाल, शिवप्रसाद बजगाई र भरत साहानी विजयी रहेका छन् ।
लामो समयको अन्तरालमा बाइक स्टार्ट गर्नु खोजेमा बाइक सजिलै स्टार्ट हुँदैन...
लकडाउन वा निषेधाज्ञाको समयमा बाइकलाई धेरैले घरैमा थन्क्याएर राख्ने गरेका...
काठमाडौं – ललितपुरमा क्रियाशील बाइक मेकानिक्स तथा व्यवसायीहरुको संगठन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...