अटो व्यवसायमा जमेकी पूजा गैरे : अटो क्षेत्रमा महिला सहभागिता बढाउने लक्ष्य

अटो ब्यवसायी पूजा गैरे अटो व्यवसायको क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । २०३४ सालमा स्याङजाको मालुङ्गामा जन्मिएकी पूजाको लालनपालन र एसएलसी सम्मको पढाई नवलपरासीको बर्दघाटमा भएको हो । उनीसँग अटो क्षेत्रको राम्रो अनुभव छ ।

१६ बर्षको उमेरमा २०५१ सालमा पाल्पा पोखराथोकमा बैवाहिक जीवनमा बाँधिएकी उनी बिबाह पश्चात करिव ८ बर्ष पाल्पा बसेर बुटवल झरेकी हुन् । हाल बुटवल १३ झोलुङ्गेपुलमा बस्ने पूजाले २०६७ सालमा आफ्नै नाममा भवानी कृषि औजार सामग्री नामक फर्म दर्ता गरेर कृषि औजार अर्थात ट्याक्टरका पार्ट्स बिक्री गर्न सूरु गरेकी हुन् । यतिखेर मैनाबगर अटो भिलेजमा ट्रली पार्ट्स, हलो, धुरा, डिस, बुम, बोरिङ, हाइड्रोलिक पाइप, फाली लगायतका कृषि सामानका लागि निकै परिचित छ भवानी कृषि औजार ।

परिवारको बुटवलको पुरानो बसपार्कमा रहेको मोटर ग्यारेजमा केही अनुभव बटुले पनि श्रीमान् करिब १२ बर्ष बिदेसमा काम गरेर फर्किए पश्चात मात्र गैरे परिवारले बुटवलको मैनाबगरमा यो पेशा पुनः सुरु गरेको हो । श्रीमान बिदेश गएपछि छोराछोरीको लालनपालमा लागेकी पूजाले श्रीमान् बिदेशवाट फर्किएपछि अटो पसल संचालन गरेर यसैक्षेत्रबाट अगाडि बढ्ने लक्ष्य लिएको वताउछिन् ।

आफूलाई पहिल्यै देखि यो क्षेत्रमा लाग्ने इच्छा रहेको बताउदै उनी महिलाहरु पनि यो क्षेत्रमा लागेर केही गर्न सकिन्छ भनेर प्रबेश गरेको अनुभव सुनाउछिन् । हुन त अटो क्षेत्रमा काम गर्ने महिलाहरु खासै नभएका कारण सुरक्षा लगायतका चुनौती हुनसक्छ भन्ने आफन्त र साथीभाईको भनाइलाई समेत चिर्दै उनी यो ब्यवसायमा प्रबेश गरेकी हुन् । उनले सुरुदेखि नै बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको सदस्यता लिई कार्यसमिति सदस्य हुदै हाल तेस्रो कार्यकाल सम्म आइपुग्दा सचिवको पदभार ग्रहण गरेकी छिन् । उनी हालै सम्पन्न १४ औ महाधिबेशनबाट सचिव पदमा भारी मतसहित निर्बाचित भएकी हुन् । एउटा महिला, त्यो पनि अटो क्षेत्रमा लागेर सचिव पद सम्म पुग्नु कम चुनौतीपूर्ण छैन ।

यो संस्थाको विगतका महत्वपूर्ण कामलाई निरन्तरता दिदै वर्तमान कार्यसमितिको काममा एकजुट भएर सस्थालाई अगाडि बढाउने सोचमा छिन् पूजा । यो सस्थामा लागे देखि नै निरन्तर रुपमा बडो जागरुकताका साथ लाग्दै आएकी उनी ‘महिलाले पनि केही गर्नुपर्छ, काममा निरन्तरता दिए सफलता हासिल गर्न सकिन्छ’ भन्छिन् । आफु यस क्षेत्रमा प्रबेश गरेपछि अन्य केही महिलाहरु पनि अटो व्यवसायमा लागेको बताउने पूजाले आगामी दिनमा यो क्षेत्रमा अझै महिला सहभागिता बढाउन लागिपर्ने बताउछिन् ।

नेपालकै नमूना मानिएको बुटवलको मैनाबगर अटो भिलेजलाई नमूना बनाउन आफु लागिपर्ने बताउदै यो क्षेत्रमा ठूला र साना सवारी साधनको छुट्टाछुट्टै ग्यारेज बनाएर ग्राहकलाई सेवा दिन जरुरी रहेको उनको भनाइ छ । विगतमा भन्दा केही सुधार भइसके पनि सरसफाई सडक, ढलनालीको कामहरु अधुरो रहेको वताउदै उनी भन्छिन्, ‘यो ठाउँ सानो भइसकेकोले त्यसवारे पनि नयाँ योजना बनाएर समय अनुसार आधुनिक प्रविधि भित्र्याउन आवश्यक छ ।’

आफ्नो काममा श्रीमान प्रकाश गैरेबाट राम्रो साथ पाएको बताउने उनी आफ्नो काममा निकै सन्तुष्ट र खुसी रहेको वताउछिन् । आगामी दिनमा संस्थाको नेतृत्व तहमै पुग्ने लक्ष्य रहेको उनको भनाइ छ । आफ्नो ब्यवसायलाई बढाउदै लैजाने सोचका साथ अगाडि बढेको र कामलाई निरन्तरता दिएमा अवश्य पनि सफलता हासिल हुने हुने दृढ मान्यता समेत उनमा छ ।

बुटवल अटो भिलेजमा आफ्नै लगानीमा पसल खोलेर अटो ब्यवसायमा निरन्तर रुपमा मालसामान उपलब्ध गराउनु, घरधन्दा चलाउनु, छोराछोरीको पढाई लेखाईमा ध्यान दिनु कम चुनौतीपूर्ण छैन । तर पनि कामको निरन्तरता, अथक मेहनतकै कारण आफ्नो इच्छा अनुसार अगाडि बढेकी पूजालाई एक उदाहरणीय महिलाका रुपमा लिन सकिन्छ । यो क्षेत्रमा निरन्तर मेहनत र लगावले गर्दा आज उनी अटो ब्यवसायी माझ परिचित छिन् ।

छोरा प्रतिक गैरे सिए तेस्रो बर्षमा काठमाडौमा अध्ययनरत छन् भने छोरी प्रतिभा गैरे कृषि क्याम्पस रामपुर तिवनमा अध्ययनरत छिन् । आफ्नै मेहनतबाट छोराछोरीलाई शिक्षादिक्षा दिन सकेको र उनीहरुले पनि राम्रो प्रगति गरेकोमा गैरे परिवार निकै खुसी छ । कराकानीका क्रममा उनले २०५७ सालमा काठमाडौ यात्राको क्रममा नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकले साइड मिचेर आउदा मोटरसाइकल नालीमा लगाएर बाबु, छोरा र आफु बालबाल बचेको दुखद क्षण र अटो क्षेत्रमा प्रवेश गरेर पहिलो पटक सदस्यमा बिजयी हुदा निकै खुसी लागेको क्षण पनि स्मरण गरिन् ।

करिव ६ सय बढी अटो ब्यवसायीको एउटै ठाउँमा जमघट रहेको बुटवल अटो भिलेज नेपालकै नमूना भनेर परिचित भए पनि यो क्षेत्र यथार्थतामा नमुुना बन्न नसकेकोमा चिन्ता लागेको वताउने उनी भन्छिन्, ‘यो क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, लामो समय हुँदा पनि अटो भिलेज व्यवस्थित हुन सकेको छैन ।’

पछिल्लो समय कोरोना महामारीले ब्यवसायलाई निकै मार पारे पनि हाल गति लिन थालेको बताउछिन् । सरकार र सरोकारवाला निकायले यस क्षेत्रको आधुनिक रुपले स्तरोन्नति गर्दै दक्ष जनशक्तिका लागि आधुनिक प्रबिधिको तालिम उपलब्ध गराउनका लागि आवश्यक ध्यान दिन जरुरी भएको अटो व्यवसायी पूजाको भनाइ छ ।

(दामोदर खनालसँगको कुराकानीमा आधारित)

सम्बन्धित समाचारहरू

मेकानिक्सलाई लक्षित गरी बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो वोश’

मेकानिक्सलाई लक्षित गरी बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो वोश’

काठमाडौं–अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल...

श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा सम्पन्न : खड्काको अध्यक्षतामा बन्यो समिति

श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा सम्पन्न : खड्काको अध्यक्षतामा बन्यो समिति

काठमाडौं – ललितपुर जिल्लामा कार्यरत मोटरसाइकल मर्मत कार्यमा संलग्न...

लकडाउन टिप्स : बाइकको चेनलाई यसरी राखौ सफा

लकडाउन टिप्स : बाइकको चेनलाई यसरी राखौ सफा

लकडाउन वा निषेधाज्ञाको समयमा बाइकलाई धेरैले घरैमा थन्क्याएर राख्ने गरेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...