जापानमा सन् २०३० पछि पेट्रोल/डिजेलबाट चल्ने सवारीसाधनको बिक्री बन्द हुँदै


जापान सरकारले सन् २०३० पछि पेट्रोल/डिजेलबाट चल्ने सवारी साधनको बिक्री बन्द गर्ने नीति ल्याउन लागेको छ । सन् २०५० सम्म कार्वन तटस्थताको लक्ष्य हासिल गर्ने उद्धेश्यले जापान सरकारले यस्तो नीति ल्याउन लागेको हो ।

जसका लागि सरकारले छिट्टै यस सम्बन्धि नीति ल्याउन लागेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । नीतिमा पेट्रोल/डिजेलबाट चल्ने गाडीहरुको बिक्रीमा रोक लगाएर विद्युतीय गाडीको बिक्रीलाई प्राथमिकतामा राखिएको छ । सन् २०१९ मा कार्बन उत्सर्जन गर्ने कारको बिक्री ४० प्रतिशतको हाराहारीमा पुगेको छ । यद्यपि जापान सरकारले भने २०३० सम्म अति न्इुन कार्वन उत्सर्जन गनेृ कार अर्थात् विद्युतीइ सवारी साधनको बिक्रीलाई ७० प्रतिशतसम्म पु¥याउने लक्ष्य राखेको छ ।

यसअघि जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सन् २०५० भित्र देशलाई कार्वन तटस्थ मुलुकको रुपमा स्थापित गर्न पहल गर्ने घोषणा गरिसकेका थिए । उनको यो कदमलाई वातावरण अभियन्ता र राष्ट्रसंघले समेत स्वागत गरेका थिए ।

जापानसँगै सन् २०३० सम्म अमेरिकाको क्यालिफोर्निया राज्य र बेलायतले प्रेटोल र डिजेलबाट चल्ने सवारी साधनमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् ।

जापानले पनि यस्तो नीति ल्याउन लागेसँगै अत्याधिक कार्वन निकाल्ने ठूला कम्पनीहरुलाई कार्वन नियन्त्रणमा ल्याउन दबाब सिर्जना भएको छ ।

एजेन्सी ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...