आज निर्वाचन : सवारी साधन सञ्चालनका लागि यस्तो छ व्यवस्था
काठमाडौं – आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भइरहेको छ । निर्वाचन...
काठमाडौं- नोक्सानी थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सुझाव दिएको छ। निगमले सोमबार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृहमन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन बिक्रीमा कोटा तोक्न सुझाव दिएको हो।
निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कार/जीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव गरेको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको प्रवक्ता उपाध्ययले बताए ।
निगमले योबाहेक खपत घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ। 'सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी र निजी सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयन गर्न आवश्यक देखिन्छ,' निगमले पठाएको सुझावमा भनिएको छ। निगमले देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न सुझाव दिएको छ।
काठमाडौं – आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भइरहेको छ । निर्वाचन...
काठमाडौं – विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र...
रामपुर – सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...