अटो क्षेत्रमा जेठु कान्छुको छलाङ

तुलसीपुर अटो भिलेज व्यवस्थापन तथा निर्माणका अध्यक्ष हुन्– पदम पोखरेल । दाङमा उनलाई अधिकांशले ‘जेठु कान्छु’ उपमाले चिन्छन् । विगत २२ वर्षयता अटो क्षेत्रमा लागेका पाखरेल एक महिना अघि मात्र अटो भिलेजको अध्यक्षमा निर्वाचित भएका हुन् ।

२१ वर्षअघि तुलसीपुर बसपार्कमा जेठुकान्छु मोटर पार्टस् खोलेसँगै उनले अटो क्षेत्रमा पाइला चालेका हुन् । अहिले अटो भिलेजभित्रै सरेको उक्त मोटरपार्टस् एक विश्वासिलो पार्टस् पसलको रुपमा चिनिन्छ । यहाँ जेनुइन र गुणस्तरयुक्त सामान पाउने भएकाले टाढा–टाढा ग्राहक सामान लिन आइपुग्छन् । त्यसैले यही पार्टस्ले नै उनलाई जेठुकान्छुको चिनारी दियो । यसका अलावा उनले अन्य भाडाका गाडी पनि सञ्चालन गरेका छन् ।

सुरुवाती दिनमा दाजुभाई मिलेर सुरु गरेको अटो व्यवसायमा अहिले पनि दाजुभाई नै सक्रिय छन् । दाजु पदम हुन् भने जीवन उनका भाई हुन् । जेठो कान्छो नै अटो व्यवसायमा लागेकाले आफ्नो व्यवसायको नाम नै जेठुकान्छु राखिएको पदम बताउँछन् । तर, यही अटो व्यवसायले पदमलाई जेठुकान्छुको उपमा दिएको हो ।

अटो क्षेत्रमा सक्रिय रुपमा लागेका पदम अटो मेकानिक महासंघमा पनि सक्रिय छन् । उनी २०७२ मा महासंघको केन्द्रीय सदस्य भएका थिए । केन्द्रीय कार्यसमितिमा रहँदा उनलाई अटो भिलेज निर्देशिका बनाउने जिम्मेवारी दिइएको थियो । उनले त्यतिबेला अटो भिलेजको निर्देशिकासमेत बनाएका थिए । त्यतिबेला नै ‘एक नगर एक अटो भिलेज’ बाउनुपर्छ भन्ने अवधारणाको विकास भएको उनी बताउँछन् । ‘महासंघको कार्यसमितिमा रहँदा मलाई अटो भिलेजको निर्देशिका बनाउने जिम्मेवारी दिइएको थियो,’ उनी भन्छन्, ‘सोहि बेला एक नगर एक अटो भिलेजको अवधारणा पनि अघि सारिएको थियो ।’

यद्यपि पोखरेल भने त्यस अघि देखि नै अटो भिलेजको अवधारणा लिएर हिडिरहेका थिए । सोही अवधारणामा पोखरेलकै नेतृत्वमा तुलसीपुरमा व्यवस्थित अटो भिलेज बनेको हो । विगत १ वर्षयता वैज्ञानिक व्यवस्थापकीय ढंगबाट सञ्चालनमा रहेको तुलसीपुर अटो भिलेज भित्र यतिबेला १ सय ५० वटा वर्कशप रहेका छन् । जहाँ साना ठूला जस्तो सुकै गाडीको मर्मत सम्भार गरिन्छ । त्यसअघि तुलसीपुर बसपार्कमा अव्यवस्थित तरिकाले रहेको अटो भिलेजलाई तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने जग्गामा व्यवस्थित गरेर सारिएको छ ।

उक्त जग्गा उप–महानगरपालिकासँग सम्झौता गरेर २५ वर्षका लागि भाडामा लिइएको पोखरेल बताउँछन् । ‘हामीले अटो भिलेज निर्माणको क्रममा स्थानीय सरकारबाट ठूलो सहयोग पाएका छौं,’ उनी भन्छन्, ‘उप–महानगरपालिकासँगकै सम्झौताअनुसार २५ रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएका छौं ।’ यो जग्गाको मासिक १ लाख ५० हजार रुपैयाँ भाडा नगरपालिकालाई बुझाउनुपर्छ ।

अटो भिलेज निर्माणका लागि सम्पूर्ण व्यवसायील सुरुवाती लगानी गरेको पदम बताउँछन् । ‘अटो भिलेज निर्माणका लागि अटो व्यवसायीहरुले लगानी गर्नुभएको छ,’ उनी भन्छन्, ‘करिव १० करोड लगानी व्यवसायीहरुको छ ।’

अहिले अटो भिलेजभित्र तिनै व्यवसायीहरु सरेका छन् । उनीहरुलाई सहुलियत भाडा कायम गरिएको उनले बताए । ‘अटो भिलेजको जग्गा व्यवस्थापन, विद्युत, ढल, सडक, खानेपानी लगायतका पूर्वाधारको विकास स्थानीय सरकारले गरेको छ,’ उनले भने, ‘तर यसभित्रको भौतिक पूर्वाधार भने व्यवसायीले नै बनाउने भएकाले उनीहरुलाई भाडामा सहुलियत गरिएको छ ।’

नयाँ ठाउँमा सरेको एक वर्ष बितिसकेता पनि ४० पूर्वाधारको काम बाँकी रहेको छ । जसलाई यो वर्षभित्र सकिसक्ने अध्यक्ष पोखरेलको लक्ष्य छ । अब कालोपत्रे र नाला व्यवस्थित गर्न बाँकी रहेको पोखरेल बताउँछन् । अटो भिलेजको व्यवस्थापन तथा निर्माणको अध्यक्ष भएसँगै उनले ‘मेरो वर्कशप सफा, हाम्रो अटो भिलेज सफा’ भन्ने नारा अघि सारेका छन् । ‘धेरै फोहोर निस्किने ठाउँ अटो भिलेज हो,’ उनले भने, ‘यसलाई सफा राख्ने हाम्रो योजना छ जसका लागि स्थानीय सरकार, प्रहरी, नागरिक समाज र अगुवाहरु सबै मिलेर सरसफाईको अभियान चलाएका छौं ।’

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...