कम्पोनेन्ट्स शोमा ओएलएसको रिमोट कन्ट्रोलयुक्त लिफ्ट सार्वजनिक

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा आयल ल्युब सिस्टम (ओएलएस) नामक कम्पनीले रिमोटबाटै नियन्त्रण गर्न सकिने लिफ्ट सार्वजनिक गरेको छ ।

सवारी साधन मर्मतका लागि प्रयोग गरिने सो लिफ्ट कम्पोनेन्ट्स शोको एक आकर्षण रहेको छ । यसबाट बाइक र स्कुटर लगायतका दुई पांग्रे सवारी साधन मर्मत गर्न सहज हुने ओएलएसका बिजनेस डेभलपमेन्ट जीएस सञ्जय कुमारले नेपाल अटोलाई बताए ।

त्यसैगरी आयल ल्युब सिस्टमले इन्फ्रारेड र वाटरमार्कमा आधारित पेन्ट बुथ तथा ईभीका लागि आवश्यक ब्याट्री लिफ्टिङ ट्रली, ब्याट्री ह्यान्डलर र ब्याट्री चार्जर लगायतका विभिन्न इक्विपमेन्ट समेत सार्वजनिक गरेको छ ।

टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर र ट्रक लगायतका सवारी साधनका लागि आवश्यक वर्कशप इक्विपमेन्ट तथा मोबाइल सर्भिस भ्यान समेत उपलब्ध गराइरहेको आयल ल्युब सिस्टमले समय समयमा नयाँ प्रविधिका इक्विपमेन्ट उपलब्ध गराउदै आएको उनले बताए ।

नेपालमा समेत आयल ल्युब सिस्टमा उत्पादन बिक्रीका लागि उपलब्ध छन् । पञ्चकन्या मार्केटिङले यसका उपकरण बिक्री वितरण गरिरहेको छ ।

नेपाली ग्राहकको चाहना अनुसारका इक्विपमेन्ट उपलब्ध गराइरहेको र भविष्यमा समेत नयाँ नयाँ प्रविधिका इक्विपमेन्ट उपलब्ध गराउन पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले बताए ।

ओएलएस सिस्टम प्रालि एक भारतीय ब्रान्ड हो । ओएलएसले ओईएम अर्थात ओरिजिनल म्यानुफ्याक्चररको रुपमा कम्पनीको मापदण्ड अनुसार विभिन्न उपकरण निर्माण गर्छ भने आफ्टर मार्केटको रुपमा त्यसै अनुसार ब्रान्डिङ गरेर उपलब्ध गराउने गर्छ । ओएलएस किया, हुन्डाई, टाटा, सुजुकी, टीभीएस, रोयल इन्फिल्ड जस्ता भारतका अटोमोबाइलसँग सम्बन्धित ७२ कम्पनीद्वारा स्वीकृत प्रदान गरिएको उत्पादक कम्पनी हो ।

सम्बन्धित समाचारहरू

गियरसहितको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा लन्च, सिंगल चार्जमा १७२ किमी रेन्ज

गियरसहितको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा लन्च, सिंगल चार्जमा १७२ किमी रेन्ज

भारतको पहिलो गियर भएको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा दिल्लीमा लन्च भएको...

भृकुटीमण्डपमा आजदेखि सीजी मोटर्सको ‘एक्सचेन्ज कार्निभल’, मल्टी–ब्रान्ड ईभी शोकेस गरिने

भृकुटीमण्डपमा आजदेखि सीजी मोटर्सको ‘एक्सचेन्ज कार्निभल’, मल्टी–ब्रान्ड ईभी शोकेस गरिने

काठमाडौं–सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘आजदेखि महामेला...

किङलङको नयाँ सोरुम पानीपोखरीमा

किङलङको नयाँ सोरुम पानीपोखरीमा

काठमाडौं – सीजी मोटर्सले ग्राहकको सहजताको लागि काठमाडौंको पानीपोखरीमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...