सोचे जस्तो वातावरणमैत्री छैनन् इलेक्ट्रिक कार : यस्ता छन् विभिन्न अध्ययनको निष्कर्ष
इलेक्ट्रिक कारको चर्चा चुलिदो छ । वातावरणमैत्री सवारी साधनको रुपमा...
भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा आयल ल्युब सिस्टम (ओएलएस) नामक कम्पनीले रिमोटबाटै नियन्त्रण गर्न सकिने लिफ्ट सार्वजनिक गरेको छ ।
सवारी साधन मर्मतका लागि प्रयोग गरिने सो लिफ्ट कम्पोनेन्ट्स शोको एक आकर्षण रहेको छ । यसबाट बाइक र स्कुटर लगायतका दुई पांग्रे सवारी साधन मर्मत गर्न सहज हुने ओएलएसका बिजनेस डेभलपमेन्ट जीएस सञ्जय कुमारले नेपाल अटोलाई बताए ।
त्यसैगरी आयल ल्युब सिस्टमले इन्फ्रारेड र वाटरमार्कमा आधारित पेन्ट बुथ तथा ईभीका लागि आवश्यक ब्याट्री लिफ्टिङ ट्रली, ब्याट्री ह्यान्डलर र ब्याट्री चार्जर लगायतका विभिन्न इक्विपमेन्ट समेत सार्वजनिक गरेको छ ।
टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर र ट्रक लगायतका सवारी साधनका लागि आवश्यक वर्कशप इक्विपमेन्ट तथा मोबाइल सर्भिस भ्यान समेत उपलब्ध गराइरहेको आयल ल्युब सिस्टमले समय समयमा नयाँ प्रविधिका इक्विपमेन्ट उपलब्ध गराउदै आएको उनले बताए ।
नेपालमा समेत आयल ल्युब सिस्टमा उत्पादन बिक्रीका लागि उपलब्ध छन् । पञ्चकन्या मार्केटिङले यसका उपकरण बिक्री वितरण गरिरहेको छ ।
नेपाली ग्राहकको चाहना अनुसारका इक्विपमेन्ट उपलब्ध गराइरहेको र भविष्यमा समेत नयाँ नयाँ प्रविधिका इक्विपमेन्ट उपलब्ध गराउन पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले बताए ।
ओएलएस सिस्टम प्रालि एक भारतीय ब्रान्ड हो । ओएलएसले ओईएम अर्थात ओरिजिनल म्यानुफ्याक्चररको रुपमा कम्पनीको मापदण्ड अनुसार विभिन्न उपकरण निर्माण गर्छ भने आफ्टर मार्केटको रुपमा त्यसै अनुसार ब्रान्डिङ गरेर उपलब्ध गराउने गर्छ । ओएलएस किया, हुन्डाई, टाटा, सुजुकी, टीभीएस, रोयल इन्फिल्ड जस्ता भारतका अटोमोबाइलसँग सम्बन्धित ७२ कम्पनीद्वारा स्वीकृत प्रदान गरिएको उत्पादक कम्पनी हो ।
इलेक्ट्रिक कारको चर्चा चुलिदो छ । वातावरणमैत्री सवारी साधनको रुपमा...
काठमाडौं – एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका...
अमेरिकाले चिनियाँ ईभीमा ४ गुणा कर बृद्धि गर्ने तयारी गरेको छ । सस्ता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...