इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने

काठमाडौं - सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ।

गोरखापत्रका अनुसार सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लुबुक बोक्नै पर्ने र सवारी साधनको पुरानै नम्बरका आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्ने हुँदा इम्बोस्ड नम्बरको उपयोगिता तत्काल देखिएको छैन ।

भेहिकल रजिस्टर प्रणाली (भीआरएस) लागू नहुदाँसम्म पुरानै नम्बर आवश्यक रहने यातायात व्यवस्था विभागले जनाएको छ । सवारी साधनमा इम्बोस्ड नम्बर लिएपछि भीआरएसबाट सवारीको अवस्थाबारे अनलाइनबाट हेर्न मिल्छ । तर सडकमा ट्राफिक प्रहरीले जाँच गर्दा हाल भएका सबै कागजात देखाउनुपर्छ ।

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले हाल सबै कागजात र प्रमाण कागजी फाइलमा रहेको र इम्बोस्ड नम्बर प्लेट लागू भएपछि डाटा केन्द्रीय प्रणालीमा रहने बताए ।

“भीआरएसबाट सबै सवारीको नियमन विभागले गर्छ । तत्कालका लागि पुरानै नम्बर पनि ब्लुबुकमा रहन्छ,” उनले भने । उनका अनुसार गण्डकी प्रदेशमा भीआरएस लागू भइसकेको छ।

अन्य प्रदेशमा छिट्टै लागू हुने छ । हाल इम्बोस्ड नम्बर सम्बन्धित यातायात कार्यालयले पालो र लटअनुसार नयाँ नम्बर दिँदै आएको छ।

सम्बन्धित समाचारहरू

सार्वजनिक यातायात व्यवसायी सन्तुष्ट हुन नसकेको बजेट

सार्वजनिक यातायात व्यवसायी सन्तुष्ट हुन नसकेको बजेट

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ ।...

सहारा एपका यात्रु र चालकलाई ५ लाखको बीमा सुबिधा

सहारा एपका यात्रु र चालकलाई ५ लाखको बीमा सुबिधा

काठमाडौं – राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा...

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पठाओले गर्‍यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पठाओले गर्‍यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...