बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
ओला इलेक्ट्रिकले आफ्नो पहिलो ई–स्कटरको तस्बिर सार्वजनिक गरेको छ । सो स्कुटर चाँडै नै भारतमा लन्च हुनेछ । पब्लिक मोबिलिटी एग्रीगेटर ओला क्याबको सहायक कम्पनीले गएको वर्ष इलेक्ट्रिक साधनको विकासको लागि इलेक्ट्रिक स्कुटरको निर्माण गर्ने घोषणा गरेको थियो ।
२०२० मा कम्पनीले आम्स्टर्डनस्थित इलेक्ट्रिक स्कुटर कम्पनी एटर्गाे बीभी अधिग्रहण गरेको थियो । ओला स्कुटर परीक्षण कालका प्रोटोटाइप समान देखिन्छ । यसको टेलिस्कोपिक फोर्क पनि समान देखिन्छ ।
यद्यपि इलेक्ट्रिक स्कुटरमा डच ट्वीन भन्दा फरक देखाउनको लागि केही अपडेट गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स बढी छ । सो ई–स्कुटर विकासको लागि कम्पनीको तर्फबाट आधिकारिक बयान आएको छैन तर एर्टिगो एपस्कुटरमा २४० किलोमिटरसम्म रेन्ज गर्नको लागि स्वापेबल हाई इनर्जी डेन्सिटी ब्याट्रीको प्रयोग गरिएको छ ।
कम्पनीको एपस्कुटर ४५ सेकेन्डमा ० देखि ४५ किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमताको रहेको छ । साथै सो स्कुटर डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र ५० लिटरको सिट स्टोरेज क्षमताको साथमा उपलब्ध रहेको छ । हालको लागि सो स्कुटरको स्पेसिफिकेसनको बारेमा केही जानकारी दिइएको छैन । सो नयाँ ईभीको म्यानुफ्याक्चर ओला ई–स्कुटरको एटर्गाेको नेदरल्यान्ड स्थित प्लान्टमा हुनेछ ।
कम्पनीले भारतको तमिलनाडुमा ५०० एकड क्षेत्रमा प्लान्ट निर्माण गरिरहेको छ । सो प्लान्ट विश्वको दोस्रो सबैभन्दा ठूलो टु ह्वील फ्याक्ट्री हुनेछ । यहाँ २०२२ सम्म १ करोड सवारी साधन वार्षिक उत्पादनको क्षमता रहेको छ । जसको पहिलो चरण १ जुन २०२१ मा सुरु हुनेछ ।
ओलाको सो ई–स्कुटरको मूल्य १ लाख भारु एक्स शोरुम हुने अनुमान गरिएको छ । सो स्कुटरको एथर ४५० एक्स, बजाज चेतक र टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...